Headlines News :
Home » » दक्षिण कोरियामा मन्जिलले गरे आत्महत्या

दक्षिण कोरियामा मन्जिलले गरे आत्महत्या

Written By Unknown on Tuesday, December 15, 2015 | 6:32 AM


मङ्सिर २९, दक्षिण कोरिया । रोजगारीका लागि दक्षिण कोरिया आएका एक युवकले आत्महत्या गरेका छन् । सापिंग काभ्रे घर भएका मन्जिल पहरीको मंगलबार बिहान झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

गत आइतबारदेखि सम्पर्कबिहिन रहेका पहरीले कम्पनीदेखि करिब पाँचसय मिटरको दुरीमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । पोछन सी स्थित ह्यांगर निर्माण बनाउने कम्पनीमा कार्यरत पहरी एक बर्ष दश महिना अघि कोरिया आएका थिए ।  

घटनास्थलमा प्रहरी अनुसन्धान पश्चात पोस्टमार्टमका लागि सव हस्पिटल लागिएको श्रम सहचारी अनिल गुरुङले जानकारी गराए साथै परराष्ट्र र मृतकको परिवारलाई जानकारी गरिएको पनि गुरुङले बताए ।  २६ बर्षिय पहरी परिवारका एक्लो छोरा हुन् । उनको परिवारमा बुबा आमा र एक दिदी छन् । @annapurnapost.com

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger