|
|
भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा बोल्दै कार्कीले २९ जना बाहेक अन्य धेरै नामहरु समेत अनुसन्धानको सूचिमा रहेको बताए । राजनीतिज्ञ, कर्मचारी, नागरिकसमाजलगायतका २९ जना व्यक्तिहरुमाथि कानुनसम्मत नै अनुसन्धान शुरु गरेको कार्कीले दाबी गरे । “मेरो जागिर जानसक्ला तर कार्वाही रोकिँदैन, अनुसन्धान गरेरै छोड्छु ।’ कार्कीले भने ।
अन्य आयुक्तहरुसँग समेत परामर्श नगरी नेकपा एमाले, एमाओवादीका शीर्ष तहका नेता तथा बहालवाला एवं पूर्व सचिवलगायत २९ जनामाथि अकूत सम्पत्ति कमाएको भन्दै प्रखुख आयुक्त कार्कीले पत्र काटेपछि त्यसको चौतर्फी बिरोध भइरहँदा कार्कीको यो भनाई आएको हो । एमाले र एमाओवादीले कार्कीले भारतको इशारामा नियोजितरुपमा आफ्ना नेताहरुलाई मुछेको बताएका छन् ।
कार्कीले भने अनुसन्धानको प्रक्रिया अगाडि बढाउँदैमा उनीहरु दोषी नै हुन भन्न नमिल्ने समेत बताए । “उनीहरुले गल्ती गरेको नगरेको कुरा अनुसन्धानबाट खुल्छ ।” उनले भने ।
Post a Comment