Headlines News :
Home » » यो हो मधेसी मोर्चालाई दिल्ली बोलाएर भारतले दिएको सन्देश

यो हो मधेसी मोर्चालाई दिल्ली बोलाएर भारतले दिएको सन्देश

Written By Unknown on Wednesday, December 9, 2015 | 6:29 PM


मङ्सिर २४, नयाँदिल्ली । भारत भ्रमणमा रहेका मधेसी मोर्चाका शीर्ष नेतासँग नेपालका लागि एक पूर्वराजदूतले मधेस आन्दोलन र नाकाबन्दीको स्वामित्व भारतले औपचारिक रुपमा नै लिएको बताए ।

उनले भने, ‘मधेसी नेताहरुको भ्रमण गराएर भारतले नेपाल सरकारलाई दिन खोजेको सन्देश यही हो ।’ सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने वार्टाबाट समाधान निकाल्नुपर्ने सन्देश दिल्लीले दिएको र यो पहिलो नभएको बताए ।

मधेसीहरुको समर्थनमा नेपालका लागि पूर्वराजदूतहरु जयन्त प्रसाददेखि शिवशंकर मुखर्जीसम्म देखिए । संविधानप्रति रुखो टिप्पणी गर्ने र नागरिकताबारे गलत व्याख्या गर्दै आएका मुखर्जिले सोमबार बिहान ‘ब्रेकफास्ट’ आयोजना गरे र जयन्त प्रसाद, श्यामशरण, देव मुखर्जीलगायत मात्रै बोलाइए । -नयाँ पत्रिकाबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger