Headlines News :
Home » » बिहीबारभित्र नफर्किने अवैध कामदारलाई मलेसिया सरकारले दियो यस्तो चेतावनी !

बिहीबारभित्र नफर्किने अवैध कामदारलाई मलेसिया सरकारले दियो यस्तो चेतावनी !

Written By Unknown on Wednesday, December 30, 2015 | 2:00 AM


पुस १५, काठमाडौं । मलेसियाले अवैध विदेशी कामदारलाई स्वेदश फिर्ता हुन दिएको १८ महिनाको अवधि डिसेम्बर ३१ मा सकिँदैछ । 

अवैध बसेका कामदारलाई अब कुनै पनि हालतमा नछाडिने त्यहाँको सरकारले चेतावनी दिएको छ। घर फिर्ता हुन आनाकानी गरे कडा कारवाही गर्ने सरकारको तयारी छ । 

अवैध बसेका विदेशी कामदारलाई यही डिसेम्बरभित्र आफ्नो मुलुक फिर्ता भइसक्न पछिल्लो आदेश दिँदै तोकिएको अवधिमा फिर्ता नहुनेलाई जेल तथा दण्डजरिवाना हुने चेतावनी दिइएको छ । मलेसियामा आर्थिक संकट गहिरिँदै जाँदा विदेशी कामदारमाथि पनि कडाइ गर्न थालिएको हो ।

हाल करिब ३० हजार नेपालीले मलेसियामा अवैधरूपमा काम गरिरहेका छन्। त्यहाँको सरकारले घर फिर्ता हुन कडा निर्देशन जारी गरे पनि अधिकांश फिर्ता भएका छैनन् । 

डिसेम्बर ३१ (पुस १६) भित्र घर फिर्ता हुने कामदारलाई मलेसियास्थित् नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाएर पठाउने सुविधा दिएको छ । मलेसियाको अध्यागमन कार्यालयले अवैधलाई पास दिने र सोही आधारमा नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाएर नेपाल फिर्ता पठाउँदै आएका छन् ।

मलेसियामा ५० हजार अवैध कामदार रहेकामा डेढ वर्षअवधिमा २० हजारजतिमा फिर्ता भएको अनुमान छ । बाँकी ३० हजारले लामो समयदेखि फर्किन आनकानी गरिरहेका छन् ।

सम्झौताअनुसार काम गर्न गएको कम्पनी छाडेर एक वर्षसम्म त्यहीँ बस्ने तथा भिसा अवधि सकिएकालाई मलेसियाले अवैध मान्ने गरेको छ । धेरैजसो नेपाली कामदारले कम्पनी परिवर्तन गरेकाले अवैध भएका हुन्। यसबाहेक भिसाको म्याद सकिएपछि पनि लुकीछिपी काम गर्ने थुप्रै रहेका समाचार एजेन्सीहरूले जनाएका छन् । 

डिसेम्बर ३१ सम्म पनि स्वदेश फिर्ता नहुने विदेशी कामदारमाथि कस्तो कारवाही गरिने भन्ने योजना सार्वजनिक गरिएको छैन। तर, जरिवना, जेललगायतका कारवाही हुने त्यहाँको सरकारले यसअघि नै चेतावनी दिइसकेको छ । 

मलेसियामा ५० हजार अवैध कामदार रहेकामा डेढ वर्षअवधिमा २० हजारजति फिर्ता भएको अनुमान छ। बाँकी ३० हजारले फर्किन आनकानी गरिरहेका छन् ।
मलेसिया संवाददाता अर्जुन काफ्लेका अनुसार जनवरीदेखि अवैध कामदारमाथि मलेसियाले लिने निर्णयका बारेमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन्। अवैधलाई फिर्ता हुन लामो समय दिइएकाले अझै अटेरी गर्नेमाथि कडा कारवाही हुन सक्ने देखिएको उनी बताउँछन् । नेपालका म्यानपावर व्यवसायी पनि जनवरीदेखि अवैध कामदारमाथि मलेसिया सरकार कठोर बन्न सक्ने देखिएको बताउँछन् ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वमहासचिव एवं हिम अरब म्यानपावरका सञ्चालक कमल तामाङले मलेसियाले अवैध विदेशी कामदारलाई आफ्नो घर फिर्ता हुन १८ महिनाको समय दिएको र सो समय यही डिसेम्बरमा समाप्त हुने भएकाले त्यसपछि पनि अटेर गरेर बस्नेलाई कडा कारवाही गर्ने जानकारी दिएको बताए । 

'जनवरीदेखि अवैध कामदारमाथि कडा कारवाही हुने बुझिएको छ । अझै ३० हजारजति अवैध नेपाली कामदार मलेसियामा रहेको अनुमान छ', उनले भने। डेढ वर्षको अवधि दिँदा पनि घर फिर्ता हुन आनाकानी गर्नेमाथि मलेसियाको आगामी नीति कडा हुन सक्ने उनले बताए । यसअघि पनि मलेसियाले अवैधलाई घर फिर्ता हुन निश्चित समय दिने र त्यसअवधिमा फिर्ता नभएकाले पुनः वैध घोषणा गरेको थियो ।

यतिबेला मलेसियाको मुद्रा रिंगेट निकै कमजोर भएको छ । मलेसियाको आन्तरिक राजनीतिक खिचातानी र चीनसँगको ठूलो व्यापारिक साझेदार भएका कारण मलेसियाको अर्थतन्त्र शिथिल भएको हो । 

चीनको अर्थतन्त्र कमजोर हुँदा मलेसियाको आयातनिर्यात व्यापार प्रभावित भएको छ । दुई वर्षअघि नेपाली रुपैयाँसँग एक रिंगेटको सटही दर ३३ रुपैयाँ पुगेकामा यतिबेला खस्केर २४ रुपैयाँ हाराहारीमा खुम्चिएको छ। 

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको भाउ अनुसार रिंगेटको खरिद दर २४ रूपैयाँ ५५ पैसा र बिक्री दर २४ रुपैयाँ ६८ पैसामात्र छ। सामान्य हिसाबमा मुद्राको भाउ घट्नु भनेको अर्थतन्त्र कमजोर हुनु हो । 

मुद्रा कमजोर भएकाले नेपाली कामदारको कमाई नघटे पनि नेपालमा परिवारले पाउने रकम घट्छ । मलेसियामा धेरै कामदार पठाउने इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालिका सञ्चालक वाईबी राईका अनुसार नेपाली दूतावास र मलेसियाको अध्ययागमन कार्यालयले अवैध कामदारलाई घर फिर्ता गराउन संयुक्तरूपमा काम गरिरहेका भए पनि अपेक्षा अनुसार अवैध भएकाहरू फिर्ता भएका छैनन् । 

१३ सय रिंगेट तिरेर अवैधलाई फिर्ता हुन दिइएको उनले जानकारी दिए।म्यानपावर व्यवसायीका अनुसार यतिबेला निःशुल्क टिकट र भिसामा समेत मलेसिया जाने कामदार भेटाउन कठिन हुन थालेको छ । 

मलेसियामा हाल आठ लाख नेपालीले काम गरिरहेका छन्। इन डोर (कार्यालयभित्र) को काम हुने भएकाले विगतमा त्यहाँ जाने नेपालीको चाप बढी थियो । तुलनात्मकरूपमा खुला समाज, उपयुक्त हावापानी भएकाले नेपाली कामदारलाई अन्य मुलुकको तुलनामा सजिलो छ । 

पछिल्लो समय कमाई अपेक्षा अनुसार नहुनु र बढ्दो असुरक्षाका कारण नेपाली कामदार जानेक्रममा ह्रास आएको हो । नेपाल भित्रिने कुल रेमिटेन्समा मलेसियाको झन्डै ४० प्रतिशत योगदान छ। चालु आर्थिक वर्षमा ६ खर्ब रेमिटेन्स भित्रिने अपेक्षा छ। दैनिक एक खर्ब ४८ अर्ब रेमिटेन्स आउने गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा रेमिटेन्सको योगदान २५ प्रतिशत छ । annapurnapost.comबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger