Headlines News :
Home » » यौन इच्छा दबाउँदा यस्तो असर पर्छ ! जानी राखौ

यौन इच्छा दबाउँदा यस्तो असर पर्छ ! जानी राखौ

Written By Unknown on Sunday, January 3, 2016 | 3:18 AM


यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन इच्छा बिभिन्न माध्यमबाट पूरा गर्नुपर्छ । हस्तमैथुन यस्तो अवस्थामा उपयुक्त माध्यम हुन्छ ।

पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा पत्नीलाइ हस्तमैथुन गर्न लगाउने वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ ।

यौन सम्पर्क नराख्दा यौन इच्छा घट्छ भन्ने कुरामा सत्यता पाइँदैन । तर केही समय प्रबल इच्छा भएपनि सम्भोग गर्न छोडेमा सम्भोग इच्छा भने बिस्तारै घट्दै जान्छ ।

पुरुषका लागि सम्भोग र चरम आनन्द यौन अनुभवसँग पनि जोडिएको हुन्छ । ज्यादै कम पुरुषले मात्र सम्भोगबाट चरम आनन्द प्राप्त गर्न सक्दैनन् । तर महिलाको हकमा भने २५ प्रतिशतले चरम आनन्द लिन सक्दैनन् ।

बढी मात्रामा मदिरापान गर्नाले यौन क्षमतामा प्रतिकूल प्रभाव पर्छ । मदिरापानले यौन इच्छा केही समयका लागि बढाए पनि यौनशक्ति घटाउने चिकित्सकको भनाइ छ । अर्को कुरा केही गर्भनिरोधक चक्कीले हर्मोनका कारण केही महिलामा यौन इच्छा घटाउन सक्छ । यस्तो अवस्थामा केही समय हार्मोन चक्की खान छाडेमा पुन यौनइच्छा बढ्न जान्छ ।

कसैलाइ मधुमेह, क्यान्सर र निद्रा लाग्ने औषधिले पनि यौन क्षमतामा प्रतीकूल असर गर्छ । चुस्त यौन जीवनका लागि यौनांगलाई सधैं सफा गर्नुपर्छ । यसबाहेक यौनका लागि मुखको सरसफाइ पनि राम्रो हुनुपर्छ । श्वास गन्हाउने समस्या भएमा यौन जीवनमा प्रतिकूल असर पर्नसक्छ ।

धेरै मानिसलाई मुख मैथुन अप्राकृतिक र फोहोरी लाग्छ । तर यो व्यक्तिगत सोचसँग सम्बन्धित कुरा हो । यदि राम्रो सरसफाइ र सुरक्षित भए मुख मैथुनलाई नराम्रो मानिँदैन । यदि यौन रोग र सरसफाइ राम्रो नभएमा चाहिँ मुख मैथुन हानीकारक हुन्छ ।

अर्को कुरा सम्भोगपछि पनि अर्काप्रति माया व्यक्त गर्नुपर्छ । यौन साथी सन्तुष्ट भए नभएको बुझ्नुपर्छ । पुरुषले चरम आनन्द लिँदैमा सम्भोग क्रिया पूर्ण भयो भन्ने सोच्नु हुँदैन । स्त्रीलाई चरम आनन्द भयो वा भएन भन्ने विशेष विचार पु¥याउनु पर्छ । कुनै स्त्रीलाई एक पटकभन्दा बढी चरम आनन्दको चाहना पनि हुनसक्छ । तुलनात्मक रुपमा पुरुषलाई भन्दा स्त्रीलाई चरम आनन्दमा पुग्न धेरै समय लाग्छ ।

तर स्त्रीलाई एक पल्टको सम्भोगमै चरम आनन्द प्राप्त हुनसक्छ । त्यसैले सम्भोग क्रियामा स्त्री भन्दा पुरुष विशेष चनाखो भएर दुबैलाई मजा आउने आसन र क्रियाकलाप गर्नुपर्छ ।

सभोगमा स्त्रीले पनि पुरुषलाई हौसला दिनुपर्छ । आज मलाई खुब मज्जा भयो भन्ने शब्दले पुरुषलाई खुसी तुल्याउँछ । स्त्री पनि त्यस्तै कुरा सुन्न चाहेकी हुन्छिन् । कामुक आमा बाबुका सन्तान पनि कामुक हुन्छन् भन्ने बिभिन्न अध्ययनहरुले देखाएको छ ।

अर्को कुरा वातावरण र खानपानमा पनि यौन इच्छा ३३ प्रतिशत निर्भर गर्छ भनिन्छ । बाँकी दुई तिहाइ प्राकृतिक रूपमा प्राप्त हुन्छ । @swasthyakhabar

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger