|
|
पुस १९, काठमाडौं । वैद्य माओवादीका एक केन्द्रिय सदस्यसहित पाँच जना विप्लव माओवादीमा प्रवेश गरेका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी युवा लिग, केन्द्रिय सदस्य जीवनसिंह बम्जनसहित क्रान्तिकारी युवा लिगकै श्याम विश्वकर्मा, पुसा तामाङ, रञ्जित परियार, योङ्ग कम्युनिष्ट लिका दिलबहादुर सुनुवार र अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जुली राई विप्लव माओवादीमा प्रवेश गरेका हुन् ।
१० वर्षे लामो आन्दोलन गरेको भए पनि त्यसले पूणता नपाएको, विकासको प्रक्रियालाई छोडेर नेतृत्व तह र पार्टी आत्मसमपर्णको दिशामा लागेको भन्दै पार्टी त्याग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नयाँ पार्टीबाट शहिद, बेपत्ता, घाइते, अपांगताभएका तथा सम्पूर्ण न्यायप्रेमी समुदायको अपुरो सपनालाई पूरा गर्ने उल्लेख गरेका छन् ।
Post a Comment