|
|
फागुन १५, दाङ । दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
शुक्रवार दिउसो सतवरीया गाविस वडा नं. ९ अमेलीयामा भे १ त ६२८० नम्वरको ट्याक्टर दुर्घटना हुँदा सोहि ट्याक्टरमा सवार वाँके वैजापुर निवासी करिव ४० वर्षिय कल्चु चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रेम बहादुर खड्काले जानकारी दिए ।
माटो लिन जान लागेको टेक्टर दुर्घटनामा परेको थियो । घाईते चौधरीलाई उपचारका लागी लमही ल्याउने क्रममा वाटोमै मृत्यु भएको हो ।
चालक फरार छन् । ट्रेक्टर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । -तुलसीपुरअनलाइनबाट साभार
Post a Comment