Headlines News :
Home » » प्रहरीले आफन्तको खोजीमा सहयोग नगरेपछि डेढ महिना देखि राप्ती अञ्चल अस्पतालमा ब्यवारिसे

प्रहरीले आफन्तको खोजीमा सहयोग नगरेपछि डेढ महिना देखि राप्ती अञ्चल अस्पतालमा ब्यवारिसे

Written By Unknown on Friday, February 26, 2016 | 7:11 PM


फागुन १५, तुलसीपुर । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक ब्यवारिसे ब्यक्तिको डेढ महिना देखि उपचार भइरहेको छ ।

५५ देखि ६५ बर्ष सम्मको जस्तो देखिने यी यक्ति अस्पतालको बिरामी भर्ना कक्षको ८ नम्वर बेडमा गत पुष २२ गते भर्ना भएका हुन् । साथीहरुले लिएर अस्पतालको आकास्मीक कक्षमा छोडेर गएपनि पछि कोही सम्पर्कमा नआएको मेडिकल सुपरिटेण्डेन डा. भोलाराम श्रेष्ठले जानकारी दिए  ।

प्यारालाइसिसका कारण मस्तिस्क घात भएर सिकिस्त अवस्थामा आएका यी ब्यक्ति उपचार पछि सामान्य अवस्थामा आएपनि आफन्त कोही नहुँदा डिस्चार्ज गर्न समस्या भएको डा. श्रेष्ठले बताए  । धेरै समय पहिले नै डिस्चार्ज गर्न मिल्नेगरी स्वाथ्य सुधार भएपनि आफन्त कोही नहुँदा अस्पतालमै राख्नु परेको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

उच्च रक्त चाँपका कारण प्यारालाइसिर भएर राम्रो सँग बोल्न नसक्ने अवस्थामा रहेका यी ब्यक्तिको नाम, घर र आफन्तबारे केही जानकारी नभएपनि बिरामी पूर्जामा रमेस नाम लेखिएको छ । हिडडुल गर्न समेत नसक्ने भएकाले उनले दिसा पिसाव बेडमै गर्छन् ।

जसका कारण दुर्गन्ध फैलिएर अरु बिरामीलाई पनि समस्या भएको छ । सोमबार सम्म सोही बेडमै रहेका यी बृद्धले दिसा पिसाव समेत बेडमै गर्दा वरपरका विरामीलाई दुर्गन्ध भएको भन्दै हाल १० नम्वर बेडमा सारिएको छ ।

यसैबीच बिरामी बृद्धको आफन्तो खोजिदिन प्रहरीलाई पटह पटक आग्रह गरेपनि इलाका प्रहरी कार्यालय तुलसीपुरले ब्यवास्ता गरेको अस्पतालका एक स्वाथ्यकर्मीले बताएका छन् । बिरामी भर्ना कक्षमा डिउटीमा रहेका ति स्वाथ्यकर्मीका अनुसार प्रहरीलाई पटक पटक आग्रह गरेपछि हुन्छ, आउँछौं, भन्ने जवाफ पाएपनि आफन्त खोज्न प्रहरीले कुनै सहयोग गरेको छैन ।

जीवन भर सन्तान र सम्पत्तिका लागि मरिहत्ते गर्ने बृद्धबृद्धाहरु जीवनको उत्तरार्धमा यसरी बेशाहारा हुँदा सन्तानलाई कलंकको उपमा दिनेहरुलाई बल मिलेको छ । त्यसैले मृत्यु पछि लोक धान्नका लागि तामझामका साथ काज किरिया गर्नुभन्दा जीवितहरुको स्याहार सुसार गरे मानवीय मुल्यलाई जोगाउन सकिने छ । -नारायण भण्डारी, तुलसीपुरअनलाइनबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger