Headlines News :
Home » » रुकुममा एकपछि अर्को हत्याका घटना

रुकुममा एकपछि अर्को हत्याका घटना

Written By Unknown on Wednesday, February 10, 2016 | 2:33 AM


माघ रुकुम । जिल्लाको खोलागाउँकी किशोरी सुस्मिता शाहको प्रहरी अनुसन्धानलाई नै प्रभाब पार्ने गरि योजनाबद्ध तरिकाले हत्या गरियो ।

उनको हत्यामा संलग्नहरु लामो समय सम्म पनि पक्राउ गरेका छैनन । केहि दिन अघि जिल्ला स्थित महिला अधिकारकर्मीहरुको नेतृत्वमा दोषीलाई तत्काल पक्राउ गरि कानुन बमोजिम कारबाही गर्न दबाब दिने उदेश्यले रुकुमका महिलाहरु आन्दोलनमा उत्रिए ।

दोषि पक्राउ नपरेसम्म आन्दोलन जारी रहने महिलाहरुले बताएका छन । घटनाको बारेमा कुनै प्रमाण नजुटेको र स्थानीयहरुले असहयोग गरेका कारण दोषी पक्राउ गर्न नसकेको प्रहरीले बताउदै आएको छ । तर घटना घटेको लामो समय सम्म पनि दोषी पक्राउ गर्न नसक्दा रुकुम प्रहरीको सर्बत्र आलोचना समेत भैरहेको छ ।

किशोरी शाहको हत्या प्रकरण सेलाउन नपाउँदै पूर्तिमकाँडा-४ का वीरवहादुर नेपालीको पनि हत्या भयो । हत्याको अभियोगमा रुकुम प्रहरीले केहिलाई पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्बजनिक समेत ग-यो । नेपालीको हत्या भएको केहि समय बित्न नपाउँदै फेरी जिल्लाको मुरुका १९ वर्षिय भीमबहादुर खड्काको हत्या भयो ।

युवा जनजागरण माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत खड्का विद्यालयवाट घर फर्कने क्रममा पुस १२ गते देखि बेपत्ता भएका थिए । बेपत्ता भएका उनको दुई महिना पछि शव भेटियो । घटनाको बारेमा अनुसन्धान भैरहेको बताईएको छ ।

एउटा घटना सेलाउन नपाउँदै फेरी पनि एकपछि अर्को हत्या हुनु अनी दोषीहरु पक्राउ नपर्नुले जिल्लाको शान्ति सुरक्षा कमजोर भएको जिल्ला स्थित सरोकारवाला निकायहरुले बताउदै आएका छन । मेगराज खड्का, tulsipuronlineबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger