Headlines News :
Home » » उत्कृष्ट यौन जीवनका लागि विवाहमा कति वर्ष ग्याप राम्रो ! जानी राखे राम्रो

उत्कृष्ट यौन जीवनका लागि विवाहमा कति वर्ष ग्याप राम्रो ! जानी राखे राम्रो

Written By Unknown on Tuesday, February 9, 2016 | 8:43 PM


अधिकांश पुरुष आफूभन्दा कम उमेरका लाई विवाह गर्न रुचाउ“छन् । भविष्यमा त्यही उमेर भिन्नताले यौन जीवनमा प्रभाव पार्न सक्छ भन्नेतर्फ भने कसैको ध्यान गएको पाइदैंन । 

चिकित्सकहरु विवाहका लागि बढीमा ५ वर्षसम्मको मात्र ग्याप राम्रो हुने बताउछन् । एकै उमेरमा विवाह गर्दा भावनात्मक सम्बन्ध र सोचाइ पनि मिल्ने भएकाले धेरै लामो अन्तरमा विवाह गर्नुहुँदैन ।

तर नेपाली समाजमा १५ वर्षको अन्तरमा पनि विवाह भएको पाइन्छ । प्रायः जोडीको अन्तर १० वर्षको हुन्छ । उमेरको बढी अन्तरले यौनजीवन प्रभावित हुनसक्छ । मानौं १५ वर्षको अन्तरमा विवाह भएको छ भने पुरुषको उमेर ५५ वर्ष पुग्दा महिलाको उमेर ४० मात्र हुन्छ । 

महिला ४० वर्षमा यौनमा निकै सक्रिय रहन्छन् तर प्रायः पुरुषमा ५५ वर्षको उमेरमा यौनक्षमतामा ह्रास हुँदै गएको हुन्छ । यस्तो अवस्थामा यौनकै कारण पारिवारिक समस्या उत्पन्न हुनसक्छ । उमेरको धेरै ग्यापले यौन भावना पनि अन्तर ल्याउछ ।

मानिसमा २० देखि ३० वर्Èको उमेरसम्म यौन इच्छा सबैभन्दा बढी हुन्छ । प्रायः मानिसको विवाह गर्ने उमेर पनि यही हो । चिकित्सकहरु पुरुषका लागि २८ देखि ३० वर्षको उमेर विवाहका लागि उपयुक्त भएको बताउछन् । महिलाका लागि २५ देखि २८ वर्षको उमेर राम्रो मानिन्छ ।

तर सेक्सोलोजीष्टहरु यौन चाहनालाई उमेर सीमामा बा“ध्नु गलत भएको बताउँछन् । उनीहरु यौनलाइ इच्छामा भर पर्ने विषय मान्छन् । -स्वास्थ्य खबरपत्रिकाबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger