Headlines News :
Home » » रोल्पामा ७ घर जलेर खरानी, आगलागीबाट एक बृद्धको ज्यान गयो

रोल्पामा ७ घर जलेर खरानी, आगलागीबाट एक बृद्धको ज्यान गयो

Written By Unknown on Thursday, February 18, 2016 | 1:47 AM


रोल्पा, ६-फागुन । रोल्पाको जेदबाङ गाउँमा आगलागि हुदा एक जनाको जलेर मृत्युभएको छ भने सातवटा घर जलेर नष्ट भएको छ ।

जिल्लाको जेदबाङ गाबिस ३ जेदबाङमा आगलागी हुँदा ६० वर्षीय नरबीर कुवँरको जलेर मृत्यु भएको हो । दृष्टिविहीन रहेका कुवँर घरभित्रबाट निस्कन नसकेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सातवटा घर जलेर नष्ट भएका छन् ।

लालबहादुर कुवँरको दुईतले कच्ची घरबाट सल्किएको आगोले गाउँका सातवटै घर जलेका हुन् । बुधबार बेलुकीबाट आगलागी भएको र विहिबार विहानमात्रै पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक रमेश थापाले जानकारी दिए ।

खरका छाना भएका घरमा आगो निभाउन समस्या भएको थियो । लालबहादुर कुवँर, नरबहादुर कुवँर, प्रेम कुवँर, पशुराम कुवँर, भिमबहादुर कुवँर र बोदीलाल गिरीको घर जलेको छ । आगलागीबाट घरभित्रका अन्न, लत्ताकपडा, कागजात सबै नष्ट भएका छन् भने एक दर्जन बढी बस्तुभाउ पनि जलेर मरेका छन् ।

यसैविच जिल्ला दैवी प्रकोप उद्दार समिति रोल्पाले पीडितका लागि तत्काल राहत सामग्री पठाएको छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले चिउरा, चिनी र त्रिपाल, भाँडाकुडा, मृतकका परिवारलाई ४५ हजार रुपैयाँ र घर जलेका परिवारलाई पाँच हजारका दरले राहत पठाइएको जानकारी दिएका छन् । तुलसीपुरअनलाइनबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger