Headlines News :
Home » » दाङमा ट्रक पल्टियो, एक युवतीको ज्यान गयो, ३ जना घाईते

दाङमा ट्रक पल्टियो, एक युवतीको ज्यान गयो, ३ जना घाईते

Written By Unknown on Thursday, February 18, 2016 | 1:42 AM


घोराही, ६-फागुन । दाङमा आज मालबहाक ट्रक पल्टीदा एक जनाको मृत्युभएको छ भने तीन जना घाईते भएका छन् ।

पूर्बपश्चिम राजमार्ग अन्तरगत सतबरिया ९ तिनकन्नेमा भारतिय नम्बर प्लेटको यूपी ३१ पि १८२७ नम्वरको ट्रक विहिबार पल्टीदा राजपुर ९ महतनीखोला निबासी २० बर्षिया सिता बुढाको मृत्युभएको छ ।

दुर्घटनामा परि सतवरिया ९ हर्दवाका १५ बर्षिया कमला घर्ती सँगै ट्रक चालक र सहचालक गम्भिर घाईते भएको दाङका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिए । घाईतेहरुलाई उपचारका लागि कोहलपुर लगिएको छ ।

कागजको रोल लिएर नेपालगञ्जबाट लमहि तर्फ आउदै गरेको ट्रकमा सतवरियाको च्याउखोलाबाट यात्रुहरु चढेको खुल्न आएको छ ।

ट्रक सडकमा पल्टीएपछि केही बेर सडक अबरुद्ध भएको र अहिले एक तर्फीरुपमा सडक खुलाइएको प्रहरीले जनाएको छ । ट्रक ब्रेक फेल भएर अनियन्त्रीत हुदा पल्टीएको बताइएको छ । तुलसीपुरअनलाइनबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger