Headlines News :
Home » » तीन घण्टासम्म छट्पटिएर ‘प्लिज’ बचाइदिनुस् भन्दै हात जोडेर यसरि रोएका थिए को–पाइलट राना

तीन घण्टासम्म छट्पटिएर ‘प्लिज’ बचाइदिनुस् भन्दै हात जोडेर यसरि रोएका थिए को–पाइलट राना

Written By Unknown on Friday, February 26, 2016 | 8:08 PM


फागुन १५, काठमाडौँ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्टमण्डप एअरको जहाज शुक्रबार कालिकोटमा दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भयो ।

चालक दिनेश न्यौपाने र सह–चालक सन्तोष रानाको नधिन भयो । ९ यात्रुको जिवितै उद्धार गरिएको छ । दुर्घटानमा बाँच्न सफल भएका यात्रुहरुका अनुसार पाइलट न्यौपानेको आपतकालिन अवतरण गर्ने क्रममा तत्कालै निधन भएको थियो । तर, रानाको पनि झण्डै तीन घण्टापछि निधन भयो ।

आपतकालिन अवतरण गराउने क्रममा पाइलटले अगाडिको भाग जमिनमा धसारेका थिए । जसका जहाजको कारण अगाडिको भाग भाँचिएर पाइलट र को–पाइलट च्यापिए । यात्रु जुम्ला चन्दननाथ– ५ भार्तीबाडाका धनञ्जय केसीले समयमै उद्धार गर्न सकिएको भए को–पाइलछ राना बाँच्न सक्ने अवस्थामा रहेको बताए ।

केसीका अनुसार जहाजको भाँचिएको टुक्राले थिचेर रानाको एउटा खुट्टा भाँचिएको थियो । घाउबाट अत्याधिक रक्तश्राब भएका कारण रानाको निधन भएको उनले बताए । केसीका अनुसार स्थानीय उप–स्वास्थ्य चौकीका अहेबले रक्तश्राब रोक्न निकै कोसिस गरेका थिए । तर औषधि र साधनश्रोतको अपर्याप्तताका कारण रक्तश्राब नरोकिएको उनले जनाए ।

‘सह–चालक सरको भाँचिएको खुट्टाबाट धेरै रगत बगिरहेको थियो । स्वास्थ्यकर्मीहरुले कोसिस गरेका हुन’, अस्पतालमा उपचार गराइरहेका केसीले टेलिफोनमा काठमाण्डु टुडेसँग भने, ‘समयमै उद्धारका लागि हेलिकोप्टर गएको भए उहाँ बाँच्नुहुन्थ्यो ।’

केसीका अनुसार सह–चालक रानाले हेलिकोप्टर बोलाएर आफूलाई छिट्टै उपचारका लागि अस्पताल लगिदिन स्थानीय र स्वास्थ्यकर्मीसँग अनुनयबिनय गरेका थिए । ‘उहाँले झण्डै तीन घण्टासम्म प्लिज मलाई बचाइदिनुस् भनेर धेरैपटक हात जोड्नुभयो’, केसीले भने, ‘उद्धारको हेलिकोप्टर आउन ढिला भएकाले उहाँको निधन भयो ।’ -Kathmandutodayबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger