Headlines News :
Home » » दाङको हवाई सेवा नियमित गर्न पहल गर्छु: सभामुख घर्ती

दाङको हवाई सेवा नियमित गर्न पहल गर्छु: सभामुख घर्ती

Written By Unknown on Friday, February 26, 2016 | 8:19 PM


दाङ फागुन १५ । सभामुख ओनसरी घर्तीले दाङको हवाई सेवालाई नियमित बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै सभामुख घर्तीले हवाई सेवा नियमित नहुँदा दाङबासीले धेरै समस्या भोगेकाले काठमाडौँ फर्केलगत्तै हवाई सेवा नियमित गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

व्यवसायीहरुको सक्रियतामा धावनमार्ग कालोपत्रे भइसकेको अवस्थामा पनि हवाई सेवा नियमित नहुनु दुखद् भएको भन्दै सभामुख घर्तीको भनाइ थियो । अर्को प्रसंगमा बोल्दै घर्तीले प्रस्ताबित ५ नम्वर प्रदेशको राजधानी दाङ नै बन्ने बताउनुभयो । लामो संघर्षपछि संविधान जारी भएको स्मरण गर्दै सभामुख घर्तीले संविधान कार्यान्वयनका लागि दलिय एकता आवस्यक भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा बोल्दै सभामुख घर्तीले जनताहरुलाई सूचनाको हक दिलाउन सक्रियतापूर्वक लाग्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । 

जिल्ला उपाध्यक्ष लक्ष्मी आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष केवी मसालले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सह–सचिव डिल्ली मल्लले गर्नुभएको थियो । dangkhabarबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger