Headlines News :
Home » » दाङलाई राजधानी बनाउन पाँचनम्वर प्रदेशको सिमांकन हेरफेर गर्नुपर्छ: प्रभाकर

दाङलाई राजधानी बनाउन पाँचनम्वर प्रदेशको सिमांकन हेरफेर गर्नुपर्छ: प्रभाकर

Written By Unknown on Thursday, February 25, 2016 | 8:05 PM


दाङ फागुन १४ । एकीकृत नेकपा माओवादीका स्थायी कमिटी सदस्य जनाद्र्धन शर्मा प्रभाकरले प्रस्तावित पाँच नम्वर प्रदेशको राजधानी दाङ नै हुने बताउनुभएको छ । क्रान्तिकारी पत्रकारंघ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रभाकरले राजधानीका लागि हरेक हिसावले दाङ नै उपयुक्त भएकाले दाङलाई नै राजधानी बनाउनुपर्ने बताउनुभएको छ ।

भौगोलिक, आर्थिक र सुरक्षाका दृष्टिले दाङ नै राजधानीका लागि उपयुक्त भएको भन्दै प्रभाकरले प्रदेशनम्वर ५ को सीमाङ्कनमा हेरफेर नहुँदासम्म दाङ राजधानी बन्न नसक्ने बताउनुभयो । पहिलो प्रादेशीक सभाले प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रावधान रहेको भन्दै नेता प्रभाकरले वर्तमान संरचनामा दाङलाई राजधानी बनाउनुपर्छ भन्ने पक्ष अल्पमतमा रहने हुँदा दाङलाई राजधानी बनाउन ५ नम्वर प्रदेशको सीमाना बढाउनुपर्ने बताउनुभयो ।

‘दाङ राजधानीका लागि उपयुक्त छ । यो कसैले पनि नकार्न सक्दैन । पहिलो प्रादेशीक सभाले राजधानी तोक्ने हुँदा दाङलाई राजधानी बनाउनुपर्छ भन्ने पक्ष अल्पमतमा पर्ने अवस्था देखिन्छ’, प्रभाकरले भन्नुभयो, ‘थारुहरुको मागलाई सम्बोधन गर्दै प्रदेशनम्वर ५ को सीमाना कैलालीसम्म पुर्याउनुपर्छ र राप्ती लुम्बीनीका पहाडलाई ५ नम्बरबाट अलग्याउनुपर्छ । यसो गरियो भने दाङलाई राजधानी बन्नबाट कसैले रोक्न सक्दैन ।’

अर्को प्रसंगमा बोल्दै नेता प्रभाकरले अबको एक दशक आर्थिक सम्बृद्धिका लागि संघर्ष गर्नुपर्ने बताउनुभयो । लामो संघर्षपछि नेपाली जनताहरुले संविधान पाएको भन्दै उहाँले अब मुलुकलाई सम्बृद्ध बनाउन संघर्ष गर्नुपर्ने बताउनुभयो । मधेशीहरुको आन्दोलनलाई राष्ट्रबिरोधीको संज्ञा दिँदै प्रभाकरले मधेशीहरुलाई संविधानले अधिकार सम्पन्न बनाइसकेको बताउनुभयो । संघका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव पाण्डवप्रसाद शर्माले गर्नुभएको थियो । dangkhabarबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger