Headlines News :
Home » , » बाबुको हत्या गर्ने क्रुर छोरी भन्छिन्प- मलाई कुनै श्चाताप छैन

बाबुको हत्या गर्ने क्रुर छोरी भन्छिन्प- मलाई कुनै श्चाताप छैन

Written By Unknown on Thursday, February 25, 2016 | 7:57 PM



१४ फागुन, काठमाडौं । टोखामा दुई साताअघि २० वर्षीय संगीता पाण्डे (महर्जन)ले माइतीको सम्पत्ति हात पार्न भाडाका अपराधी प्रयोग गरी बुबाको हत्या गरिन् ।

प्रहरीले पक्राउ गरेपछि उनी भन्छिन्, ‘बुबा मारेकोमा मलाई कुनै पश्चाताप छैन,’  नयाँ पत्रिका दैनिकमा समाचार छ । अनुसन्धानमा आबद्ध महानगरीय अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले संगीता निर्मम युवती भएको बताए । ‘यस्तो किसिमको जब्बर युवती अहिलेसम्म भेटिएको थिएन, सम्पत्तिका लागि युवतीले आफ्नै बुबा मारेको खुल्दा विश्वासै लागेन,’ उनले भने ।

आमा र दाजुको पनि हत्या योजना
संगीताले २० माघमा भाडामा अपराधी लगाएर घरेलु हातहतियार प्रयोग गरी बुबाको हत्या गरेकी हुन् । सोही दिन आमा र दाजुको समेत हत्या गर्ने योजना उनको थियो । तर, भाडामा लिइएका युवकहरू डराएर भागेपछि उनको योजना पूरा भएन । हत्याको २० दिनपछि प्रहरीले संगीता र उनका श्रीमान् सन्तोष पाण्डे र अन्य पाँचजना अभियुक्तलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

संगीताले दुई वर्षअघि नुवाकोट सुन्दरादेवीका सन्तोष पाण्डेसँग परिवारको सहमतिविना प्रेम–बिहे गरेकी थिइन् । तर, माइतीसँग दाइजोस्वरूप पैसा माग्दै आएकी थिइन् । पटक–पटक माग्दा पनि पैसा नपाएपछि उनले माइतीका आमा, बुबा र दाजुको हत्या गरी सम्पत्ति हात पार्न खोजेको डिएसपी दीपक रेग्मीले बताए । टोखाको धमलटारस्थित माइतीको चार आना जग्गा र घर हात पार्न उनले हत्या योजना बनाएकी थिइन् ।

माइतीबाट पैसा नपाएपछि संगीताले माइतबाट बुबाको जग्गाको लालपुर्जासमेत चोरेर लगिन् । तर, धितो राखेर पैसा निकाल्न सकिनन् । प्रहरीका अनुसार ब्युटिपार्लर खोल्न उनले बुबासँग पैसा माग्दा आएकी थिइन् । जग्गा बेचेर पैसा दिने आश्वासन बुबाको थियो । तर, पछिल्लो समय ‘भागेर गएकी छोरीलाई जग्गा दिन्नँ, छोरालाई चाहिन्छ’ भन्ने जवाफ बाबुले दिएपछि उनले हत्याको योजना बनाएकी हुन् ।

यसरी सुरु गर्‍यो प्रहरीले अनुसन्धान
टोखाको साङलेखोलानजिकै बगरमा २१ माघमा ४३ वर्षीय माइला महर्जनको शव भेटिएको थियो । रिसइबीमा उनको हत्या भएको हुनसक्ने आँकलनसहित प्रहरीले अनुसन्धान थाल्यो । अघिल्लो दिन संगीताले नै घर निर्माणको कामबारे छलफल गर्न भनेर बुबालाई लगेको थाहा भएपछि प्रहरीले छोरीबाटै अनुसन्धान सुरु गर्‍यो ।
संगीताले पछिल्लो समय घन्टौँ कुरा गर्ने एक युवकको नम्बर प्रहरीले पत्ता लगायो । ‘त्यो नम्बर कसको हो नानी भनेर सोध्दा, खोइ मलाई थाहा छैन भनिन्,’ डिएसपी रेग्मी भन्छन्, ‘हरेक दिन लामो समय कुरा हुने व्यक्तिबारे नै थाहा छैन भनेपछि हामी चकित भयौँ ।’

प्रहरीले संगीतासँग सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी थाल्यो र विक्रम लामालाई पक्राउ गर्‍यो । लामाले प्रहरीलाई सबै कहानी बताइदिए । प्रहरीले संगीतालाई फेरि पक्राउ गर्‍यो । त्यसपछि पनि उनले आफूलाई केही थाहा नभएको भन्दै रुखो जवाफ फर्काइन् ।

पक्राउ परेका अभियुक्तले ‘तिमीले नै सुरुमा बुबाको मुखमा धुलो छर्केको होइन ? मेरो हातबाट हम्मर झरेपछि तिमीले टिपेर मलाई पैसा नदिने तैँ होइन भन्दै टाउकोमा हानेको होइन ?’ भनेर सोधेपछि संगीता ढाँट्ने अवस्थामा भइनन् ।

तर, पश्चाताप पनि गरिनन् । बरु आमा र दाजुको हत्या योजनामा असफल भएकोमा बेखुसी देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार छोरीकै मिलेमतोमा श्रीमान्को हत्या भएको आशंका आमाले पहिले नै गरेकी थिइन् ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger