Headlines News :
Home » » दाङ महोत्सवबाट ‘प्याराग्लाईडिङ’ को सुरुवात गरिने

दाङ महोत्सवबाट ‘प्याराग्लाईडिङ’ को सुरुवात गरिने

Written By Unknown on Thursday, February 25, 2016 | 5:48 AM


दाङ, फागुन १३ । दाङ जिल्ला उद्योग वाणीज्य संघले यही फागुन २१ देखि ३० गतेसम्म घोराहीमा आयोजना गरेको ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषि मेला २०७२’ को अवसरमा प्याराग्लाइडिङको सुरु गरिने भएको छ । महोत्सवको समयमा जिल्लामा प्याराग्लाइडिङको सुरुवात गरिने मूल आयोजक समितिले बताएको छ ।

‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको अवसरमा लक्ष्मीपुर गाविसको जसपुर सवारीकोटबाट प्याराग्लाइडिङ गरिने मूल समितिका संयोजक हेमराज बञ्जाडेले जानकारी दिनुभयो । महोत्सवलाई जिल्लाको विकाससँगै जोडेको उद्योग वाणीज्य संघले जिल्लामा प्याराग्लाइडिङको सम्भावना भएकाले महोत्सवको समयलाई सदुपयोग गर्दै सुरुवात गरिने उहाँले बताउनुभयो ।

सवारीकोट जसपुरबाट यसअघि पनि प्याराग्लाइडिङ सफल रुपमा परिक्षण गरिएको थियो । प्याराग्लाइडिङका लागि पारानोभा प्याराग्लाइडिङ संस्था पोखरासँग सम्झौता भएको मूल समितिका सहसंयोजक नारायण भुसालले बताउनुभयो । प्याराग्लाइडिङ संस्थासँग उद्योग वाणीज्य संघको तर्फबाट आफूले सम्झौता गरेको उहाँले बताउनुभयो ।

जसका लागि ५ वटा प्याराग्लाइडिङ दाङ आउने उहाँको भनाइ छ । जसपुर सवारीकोटबाट प्याराग्लाइडिङ उडान सुरु गरेर महोत्सव स्थलमा ल्याण्डिङ हुने उहाँले बताउनुभयो । जसका लागि सवारीकोटसम्म पुग्नका लागि गाडीको व्यवस्था गरिने र प्याराग्लाइडिङका लागि ५ हजार ५ सय भाडाको व्यवस्था गरिएको भुसालले जानकारी दिनुभयो ।

प्याराग्लाइडिङका लागि अग्रीम टिकट बुकिङ गर्नुपर्ने उहाँले बताउनुभयो । महोत्सवलाई अवसरका रुपमा लिएर प्याराग्लाइडिङको सुरुवात जिल्लामा गरिने भुसालले बताउनुभयो । प्याराग्लाइडिङ सञ्चालक कम्पनीले दाङमा सम्भावना भएको बताएको र उनीहरु यहाँ व्यवसायीक रुपमा प्याराग्लाईडिङ गर्न ईच्छुक भएको उहाँले जानकारी दिनुभयो । यस विषयमा पनि कुराकानी भइरहेको उहाँको भनाइ छ । साथै प्याराग्लाइडिङ सफल पार्नका लागि समन्वय गर्न उहाँले सम्पूर्णमा अनुरोध पनि गर्नुभयो । -dangkhabarबाट साभार 


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger