Headlines News :
Home » » रुकुममा अन्तर्राष्ट्रिय चेस प्रतियोगीता हुने

रुकुममा अन्तर्राष्ट्रिय चेस प्रतियोगीता हुने

Written By Unknown on Thursday, February 25, 2016 | 5:53 AM


फागुन १३, रुकुम । रुकुममा अन्तर्राष्ट्रिय स्तरको चेस प्रतियोगीता हुने भएको छ । 

समृद्ध समाज नेपालको आयोजना र जिल्ला बुद्धिचाल संघ रुकुमको सहकार्यमा नयाँ वर्षको अवसर पारेर प्रथम रुकुम अन्तरास्ट्रिय रेटिङ चेस ‘समृद्ध रेटिङ चेस रुकुम २०७३’ हुने भएको हो ।

रुकुमको आन्तरिक तथा बाह्य पर्यटन बिकास तथा समग्र रुकुमको प्रचार–प्रसारमा समेत महत्वपूर्ण योगदान पु¥याउने उद्धेस्यले प्रतियोगीताको आयोजना गर्न लागिएको समृद्ध समाज नेपालका कार्यबाहक अध्यक्ष राजु लामिछानेले बताए । 

‘प्रत्यक्ष रुपमा देश बिदेशका खेलाडीहरुको आगमनले रुकुम जिल्लामा रहेका होटेल ब्यबसायी यातायात ब्यबसायी लगायत समग्र ब्यापार क्षेत्रले समेत उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्षा हामीले गरेका छौ ।’ उनले भने ।

उनले यस्तो प्रतियोगिता निरन्तर संचालन गर्दै जाँदा रुकुम जिल्लाले दक्ष खेलाडी उत्पादन गर्न सकिने पनि बताए । आफ्नो जिल्लाको गौरव भएकोले प्रतियोगीता सफल पार्नका लागि आर्थिक , नैतिक , भौतिक एबम हर किसिमको सहयोग गर्न रुकुमबासी जनतासमक्ष अपिल पनि गरे । ratopatiबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger