|
|
फागुन १२, काठमाडौं । वैदेशिक रोजगारमा अब एजेन्टको भूमिका समाप्त हुने भएको छ । म्यानपावर कम्पनीलाई कामदार उपलब्ध गराउने एजेन्टको व्यवस्था खारेज गर्न लागिएको छ ।
एजेन्टले ग्रामिण क्षेत्रबाट कामदार ल्याएर म्यानपावर कम्पनीलाई उपलव्ध गराउने काम गर्दै आएका थिए । एजेन्टका कारण कामदारको लागत बढेको ब्यापक गुनासो आउन थालेपछि हटाउने निर्णय गरिएको व्यवसायीले जानकारी दिएका छन् ।
एजेन्टले भने बैधानिकलाई हटाएर अबैध तरिकाबाट कामदार लिने षडयन्त्र गर्न लागिएको बताएका छन् । एजेन्ट हटाउने निर्णय फिर्ता नलिए कडा आन्लोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन । -अन्नपूर्ण पोष्ट दैनिक
Post a Comment