Headlines News :
Home » » रोल्पामा यस कारण बढ्दैछ आत्महत्या, आत्महत्या गर्नेमा विवाहित धेरै किन ?

रोल्पामा यस कारण बढ्दैछ आत्महत्या, आत्महत्या गर्नेमा विवाहित धेरै किन ?

Written By Unknown on Monday, February 22, 2016 | 9:20 PM


११ फागुन, काठमाडौं । पछिल्लो समय रोल्पामा आत्महत्या गर्नेहरुको संख्यामा वृद्धि भएको छ । पाँच वर्षयता रोल्पामा २ सय १३ जनाले आत्महत्या गरेका छन् । जुन जिल्ला प्रहरी कार्यलयको तथ्यांकमा मात्र उल्लेखित संख्या हो ।

आत्महत्यापछि प्रहरीमा जाहेरी नगरिएका थुप्रै घटना तथ्यांकमा छैनन् ।  यसले रोल्पामा आत्महत्याको अवस्था भयावह बन्दै गएको पुष्टि गरेको छ ।

शनिबार प्रहरी जवान होमबहादुर थापाले व्यारेकमै आत्महत्या गरेपछि आत्महत्याबारेको चिन्ता र चर्चा चुलिएको हो । प्रहरीको तथ्यांकलाई आधार मान्ने हो भने गरिबी र मानसिक रोगका कारण जिल्लामा आत्महत्याका घटना बढ्दै गएका हुन् ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०६७/०६८ देखि २०७१/२०७२ सम्म् पाँच बर्षमा रोल्पामा २ सय ६ जनाले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेमा महिला ९४ र पुरुष १ सय १२ जना छन् ।

आत्महत्या गर्नेमा विवाहित धेरै
विगतका बर्षको तुलनामा आत्महत्या बढ्दै गएको छ । आत्महत्या गर्नेहरुमा विवाहित बढी छन् । १ सय ७७ विवाहितले आत्महत्या गरेको तथ्यांक छ । १२ बालबालिकाले पनि आत्महत्या गरेका छन् । १५ देखि ४० वर्ष उमेर समूहकाले धेरै आत्महत्या गरेको प्रहरी प्रमुख रमेश थापा बताउँछन् ।

के हो कारण ?
आत्महत्याको कारणमा प्रहरीको प्रारम्भिक अनुसन्धानमा गरिबी, दीर्घरोग, मानसिक असन्तुलन, पारिवारिक तनाव, घरेलु हिंसा, मादक पदार्थ सेवन मानसिक तनाव र असफलता देखिएका छन् । -अनलाइनखबरबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger