Headlines News :
Home » » रुखले च्यापिएर दाङमा एक जनाको ज्यान गयो

रुखले च्यापिएर दाङमा एक जनाको ज्यान गयो

Written By Unknown on Monday, February 22, 2016 | 9:25 PM


तुलसीपुर ११-फागुन / रुख काट्ने क्रममा च्याँपीर दाङमा एक जनाको मृत्यु भएको छ । तुलसीपुर १५ ग्वारखोलाका ३४ बर्षिय गोपाल केसीको हिजो दिउसो रुखले च्यापिएर मृत्यु भएको हो ।

हिजो दिउसो ३ बजे बुलझुण्डीमा काट्दै गरेको जिगटको रुखले च्यापिएर केसीको घटनास्थलमै मृत्यु भएको मृतकका छिमेकी तिलकराम खनालले जानकारी दिनुभयो । रुख अर्को तर्फ ढल्ला भनी अनुमान गरे पनि काटीरहेका ब्यक्ति भएको तर्फ ढलेर च्यापेको थियो ।

यसैबीच रुख काट्न लगाउने ठेकेदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना लगत्तै प्रहरी चौकी हेमन्तपुरे बिजौरीका ठेकेदार मधुसुदन थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय तुलसीपुरलाई बुझाएको हो ।

ठेकेदार थापा र मृतक केसी सँगै रुख काट्न गएका तुलसीपुर १५ का होमलाल थापालाई पनि आवश्यक शोधपुछका लागि नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । नारायाण भण्डारी, तुलसीपुरअनलाइनबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger