Headlines News :
Home » » रोल्पामा सुरुवाल फालिदिएको आरोपमा एक छात्रा विद्यालयवाट निस्कासीत, यसपाली एसएलसी दिने छात्राले भविष्य जोगाईदिन सम्बन्धीत निकायलाई आग्रह गर्दै

रोल्पामा सुरुवाल फालिदिएको आरोपमा एक छात्रा विद्यालयवाट निस्कासीत, यसपाली एसएलसी दिने छात्राले भविष्य जोगाईदिन सम्बन्धीत निकायलाई आग्रह गर्दै

Written By Unknown on Sunday, February 28, 2016 | 2:35 AM


कक्षाकै मेधवी छात्रा रहेकी उनी यतिवेला सदरमुकाम लिवाङमा एस.एल.सी. परीक्षामा सहभागि हुन पाउँ भन्दै हार गुहार गरिरहेकी छिन । विद्यालयवाट १ वर्षका लागी निष्काशन हुने मुद्धा वनेको छ आफ्नै सहपाठीको सुरुवाल फालिदिएको र चिठ्ठी फालेको आरोप । कक्षा प्रथम र द्धितिय हुने यी दुई विद्यार्थि वीचको आरोप प्रत्यारोपको शिकार भएकी छिन रमिता ।

फाल्गुन १६ रोल्पा । फलामे ढोका मानिने एस.एल.सी. परीक्षा आउन अव करिव १ महिना जति छ । यस्तो समयमा विद्यार्थिहरुले के गरिरहेका होलान भनेर सोध्ने हो भने सवै वाट जवाफ आउन सक्छ कडा मेहनत गरिरहेका छन ।

अनि विद्यालयहरुले यस्तो समयमा कस्तो भूमिका निर्वाह गरिरहेका होलान भनेर अर्को प्रश्न गर्ने हो भने धेरैले विद्यार्थिहरुको पढाईमा सहयोग गर्न कोचिङ र आवासीय वसाईको व्यवस्था गरिरहेका छन भन्ने जवाफ आउछ । तर यसको विपरित भएको छ रोल्पाको एक विद्यालयले आफ्नै विद्यार्थि माथि गरेको व्यवहार ।

पश्चिम रोल्पाको ईरिवाङमा रहेको जनता माध्यमिक विद्यालय वागमाराले भने एस.एल.सी. परीक्षामा समावेश हुन नपाउने गरि एक विद्यार्थिलाई निष्काशन गरेको छ । निस्काशनमा परेकी छिन त्यसै विद्यालयको कक्षा १० मा अध्ययनरत रमिता डाँगी । कक्षाकै मेधवी छात्रा रहेकी उनी यतिवेला सदरमुकाम लिवाङमा एस.एल.सी. परीक्षामा सहभागि हुन पाउँ भन्दै हार गुहार गरिरहेकी छिन । विद्यालयवाट १ वर्षका लागी निष्काशन हुने मुद्धा वनेको छ आफ्नै सहपाठीको सुरुवाल फालिदिएको र चिठ्ठी फालेको आरोप । कक्षा प्रथम र द्धितिय हुने यी दुई विद्यार्थि वीचको आरोप प्रत्यारोपको शिकार भएकी छिन रमिता ।

कक्षाको होल लिडर समेत रहेकी रमितालाई गत भाद्र ७ गते भएको सो घटनाको जवरजस्त जिम्मेवारी लिन दवाव दिए पनि आफुले अहिलेसम्म जिम्मेवारी नलिएको वताईन । आफ्नो सहपाठी माथि भएको घटनालाई जवरजस्त स्वीकार्न विद्यालयले प्रलोभन सहित दवाव दिएको उनले वताइन । अन्तिम सम्म पनि घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका कारण गत असोज ४ गते भएको अभिभावकहरुको भेलाले उनलाई १ वर्षका लागी विद्यालयवाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

विद्यालयवाट निष्काशन गरे पछि विद्यालय जानवाट प्रतिवन्ध लगाईको उनले वताईन । एस.एल.सी. परीक्षामा सहभागिताका लागी उनले प्रधानाध्यापक संग पटक पटक कुराकानी गरेको र प्रधानाध्यापकले समेत त्यसको आवश्यक व्यवस्था भैरहेको वताएको रमिताले वताईन । जिल्ला शिक्षा कार्यालय रोल्पामा जानु पर्दैन म सवै व्यवस्था यतैवाट मिलाई दिन्छु भनेर हेडसरले भनेका कारण निष्काशन भएको यति लामो समय सम्म मैले कतै कुरा गरेन उनले अगाडी भनिन ।

महिला मानव अधिकार रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले आरोप पुष्टि नहुदै सामान्य नसिहत दिन मिल्ने घटनामा विद्यालयले निष्काशन जस्तो कडा कारवाही गरेको देखिएको वताउनु भयो । महिला भएकै कारण उनी त्यस्तो कारवाहीको भागिदार हुन परेको प्रतिकृया दिनु भयो
उता जनता मावि वागमारा ईरिवाङ रोल्पाका प्रधानाध्यापक खिमविक्रम चन्दले भने अर्को विद्यार्थिको चरित्र हत्या गरि अनुशासन हिन काम गरेका कारण अभिभावकहरुको भेलाले उनलाई निष्काशन गरेको वताउनु भयो । विद्यालयको अभिभावक, शिक्षक, व्यवस्थापन समिति र स्थानीय राजनैतिक दलको वैठकले सो निर्णय गरेको उहाँले जानकारी दिनु भयो । निष्काशन भएको लामो समय सम्म उनले एस.एल.सी. परीक्षावारे कुनै चासो गरिनन् ।

अहिले एक्कासी लिवाङ आएर विभिन्न ठाउँमा धाउदै हिडिरहेकी छिन रे चन्दले भन्नु भयो । यसै विषयमा जिल्ला शिक्षा कार्यालय रोल्पाका जिल्ला शिक्षा अधिकारी चिरञ्जिवी पौडेलको प्रतिकृया लिदा उहाँको भनाई थियो कुनै विद्यार्थिले विद्यालयको आचार संहिता उलंघन गरि अनुशासन हिन काम गरेमा निष्काशन गर्ने अधिकार रहेको र सोही अनुसार त्यहाँका अभिभावकको वैठकले १ वर्षका लागी निष्काशन गरेको भन्ने आफुले जानकारी पाएको वताउनु भयो ।

कारवाही भएको लामो समय सम्म विद्यार्थीले कुनै प्रतिकृया नदिनुले कारवाही स्वीकार गरेको देखिन्छ । एस.एल.सी.परीक्षामा सहभागिताको सन्दर्भमा ७५ प्रतिशत हाजिरी पुगेकमा मात्र परिक्षामा वस्न पाईने भएका कारण उनको हाजिरी नपुगेको उहाँले प्रतिकृया दिनु भयो ।

यसै सन्दर्भमा महिला मानव अधिकार रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले आरोप पुष्टि नहुदै सामान्य नसिहत दिन मिल्ने घटनामा विद्यालयले निष्काशन जस्तो कडा कारवाही गरेको देखिएको वताउनु भयो । महिला भएकै कारण उनी त्यस्तो कारवाहीको भागिदार हुन परेको प्रतिकृया दिनु भयो ।

कुनै पनि वहाना वनाएर एस.एल.सी.परीक्षा दिनवाट वंचित गर्नु हुदैन शिक्षा प्राप्त गर्ने उनको संवैधानिक अधिकार हो आचार्यले अगाडी भन्नु भयो । ७५ प्रतिशत हाजिरीको प्रशंगमा आचार्यले भन्नु भयो , निष्काशन पछि विद्यालय जानै नदिए पछि कसरी हाजिरी पुग्छ ? जेलवाट परीक्षा दिने परीक्षार्थिहरुको हाजिरी कसरी गणना हुन्छ उहाँले प्रतिप्रश्न गर्नु भयो । उमा के.सी. राप्तीटुडेबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger