|
|
तुलसीपुर २-फागुन/दाङमा खुलेको नयाँ यातायात प्रालीले फागुन ५ गते देखि यातायात सेवा सुरु गर्ने भएको छ ।
तुलसीपुरमा आईतवार प्रालिले पत्रकार समेलन गरि स्थानीय नागरिकलाई भरपर्दाे र सुविधा सम्पन्न सेवा दिने उदेश्यले दाङमा नयाँ यातायात प्राली दाङ यातायात सेवा प्राली स्थापनागरिएको जानकारी दिएको हो ।
प्रालिका वरिष्ठ उपाध्यक्ष निराजन केसीको अध्यक्षतामा भएको पत्रकार समेलनमा प्रालीले फागुनको पहिलो साता देखि पहिलो चरणमा दाङ-काठमाडौलाई रात्री सेवा दिने र त्यस पछि दाङ–काठमाडौलाई दिवा सेवा संगै नेपालका विभिन्न स्थानहरुमा दाङबाट सेवा दिने गरि प्रालीले तयारी गरेको जानकारी दिइएको थियो ।
प्रालीका गाडिहरु सुविधा सम्पन्न रहेको पत्रकार समेलनमा प्रालिले दावी गरेको छ । बसमा ३७ सिट रहेको प्रत्येक लकजरी सिट, सिटमा मोवाई चार्जको व्यवस्था, वाइफाई सेवा, हिटर कुलर, पंखा, यात्रको क्रमका मिनरल वाटर, कुरमुरे, पत्रिकाको व्यवस्था गरिएको जानकारी दिइएको छ । त्यसै गरेर खानामा गुणस्तरियता प्रदान गरिने दावी समेत प्रालीले गरेको छ ।
सिट भन्दा वढि यात्रु नराखिने र गन्तव्यमा समयममै पु-याउने प्रतिबद्धता समेत प्रालीले गरेको छ । नागरिकहरुको चाहना अनुसार जिल्लाका युवा यातायात व्यवसायीहरु रहेको प्रालिले सरकारी नितिलाई आत्मा साथ गर्दे सेवालाई मुख्य प्राथामिकतामा राखिएको प्रालीका बरिष्ठ उपाध्यक्ष केसीले बताए ।
‘हाम्रो मुख्य उदेश्य सेवा प्रभावकारिता हो सेवालाई कसरी गुणस्तरिय वनाउने भन्नेमै लाग्ने छौ । उनले भन्ने ।’पुसमा स्थापना भएको प्रालीले अव एक दुइदिनमै आफनो सेवा दिन लागेको प्रालिले हाल पहीलो चरणमा ६ वटा गाडिहरु ल्याएको बताएको छ । पत्रकार समेलनको सहजीकरण प्रालिका महासचिव सुदन बस्नेतले गरेका थिए । सुरेश श्रेष्ठ, तुलसीपुरअनलाइनबाट साभार
Post a Comment