Headlines News :
Home » » रूकुमको सिम्ली देखि नेपालगन्ज सम्म सिधा बस सेवा सुरू

रूकुमको सिम्ली देखि नेपालगन्ज सम्म सिधा बस सेवा सुरू

Written By Unknown on Sunday, February 14, 2016 | 4:58 AM


रुकुम २-फागुन /  सिस्ने हिमाल बस तथा मिनिबस यातायात समिती रूकुमले सिम्ली देखि नेपालगन्ज सम्म सिधा बस सेवा सुरू गरेको छ ।

आईतबार ना ४ ख ५७३६ नम्बरको बस बिहान ६ बजे सिम्ली देखी दाङ हुँदै नेपालगञ्ज प्रस्थान गरि सेवाको उद्घाटन गरिएको हो ।

अब हरेक बिहान ६ बजे देखि नेपालगञ्जका लागि सिम्लीबाट बस छुट्ने बुकिङ काउन्टरका कर्मचारी दिपक चनाराले जानकारी दिए । सिम्ली देखि नेपालगञ्जको भडादर १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

बस सेवा सुरू भएपछि सिम्ली, अर्मा, गरायला, पूर्तिमकाँडा र दुली लगायतका करिब १ दर्जन गाविसका बासिन्दालाई आवातजावत गर्न सहज भएको हो । बस सेवा सुरू गरेकोमा स्थानीय बासिन्दाले गाडी चालक तथा सञ्चालकलाई फूलमालाले स्वागत गरेको स्थानीय नारायण ओलीले जानकारी दिए । तुल्सीपुरअनलाईनबाट साभार 


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger