Headlines News :
Home » » दाङ यातायात प्रालिका अत्याधुनिक नयाँ बसहरु आईपुग्यो

दाङ यातायात प्रालिका अत्याधुनिक नयाँ बसहरु आईपुग्यो

Written By Unknown on Thursday, February 18, 2016 | 5:27 AM


तुलसीपुर, ६-फागुन । दाङमा एउटा अर्को नयाँ प्रालिले नयाँ वसहरु जिल्लामा भित्र्याएको छ । दाङ यातायात सेवा प्रालिले विहीवार तीन वटा नयाँ डिलक्स वसहरु भित्र्याएको हो ।

यसअघि गत पुस १८ गते मालिका–कालिका प्रालिले पहिलो पटक जिल्लामा आधा दर्जन नयाँ वसहरु भित्र्याएर सेवा दिँदै आएको छ । जिल्लामा यसअघी राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिको मात्रै वस संचालनमा एकाधिकार कायम थियो ।

प्रालिहरु खुल्दै जानु र नयाँ वसहरु भित्र्याने क्रम वढ्दै गएपछि राप्ती समितिको वसमाथिको एकाधिकार समाप्त भएको बताउने गरिन्छ ।

पहिलो चरणमा तीनबटा नयाँ डिलक्स वसहरु मात्रै ल्याइएको छ । तर यसै हप्ता अयोजित पत्रकार सम्मेलनमा प्रालिले पहिलो चरणमा ६ वटा नयाँ वसहरु ल्याउने जानकारी दिएको थियो । उसले ५ गते देखि नै सेवा सुरुगर्ने जानकारी पनि दिएको थियो ।

तर प्राविधिक कारण वस ढिला आएकोले अब निकट भविस्यमै छलफल गरेर सेवा सुरु गर्ने प्रालिका पदाधिकारीहरुले जनाएका छन् । असुरक्षाको कारण देखाउँदै प्रालिका नयाँ डिलक्स बसहरु शसस्त प्रहरी बेस क्याम्प तुलसीपुरमा राखिएको प्रालीका उपाध्यक्ष तुलाराम भण्डारीले बताए । प्रालिले निकट भविस्यमै दाङ–काठमाडौंका लागि रात्रि वसहरु संचालन गर्ने तयारी गरिरहेको छ ।

प्रालीका महासचिव मदनबहादुर बस्नेतले जिल्लामा भित्र्याइएका सबै बसहरु नयाँ प्रविधिवाट निर्मित अत्याधुनिक डिलक्स वसहरु रहेको बताए । प्रालिले क्रमिक रुपमा दिवा सेवा अनि नेपालका विभिन्न जिल्लाहरुमा सेवा दिने जानकारी दिएको छ ।

डिलकस बसमा फि वाइफाई, लक्जरी सिट, प्रत्येक सिटमा मोवाइल चार्जर, कुरमुरे, मिनरल वाटर , पत्रिकाहरु, हिटर , कुलर लगायतका सेवाहरु रहको उपाध्यक्ष निराजन केसीले दाबी गरे । तुलसीपुरअनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger