Headlines News :
Home » » रोल्पामा लुटेरा समूहको आक्रमणबाट एक जनाको ज्यान गयो

रोल्पामा लुटेरा समूहको आक्रमणबाट एक जनाको ज्यान गयो

Written By Unknown on Friday, February 19, 2016 | 1:24 AM


फागुन ७, रोल्पा । जिल्लाको पूर्वी गाविस उवामा लुटेरा समूहको आक्रमणबाट एकको मृत्यु भएको छ । लुटेरा समूहको आक्रमणमा परी उवा-८ घोडाबाङका वर्षे भन्ने बस्ती घर्तीमगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति साढे एक बजे घर्ती लुटेरा समूहको आक्रमणमा परेका थिए । करिब सात जनाको समूहमा आएका लुटेराले घर्तीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते घर्तीको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा शुक्रबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रमेश थापाले घर्तीको टाउको, बायाँ कान र चिउँदोमा गहिरो चोट रहेको जानकारी दिए । वैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुक रहेका घर्ती दुई हप्ता अघि गाउँ फर्केका थिए । घर्तीकी श्रीमतिले गाउँमा पसल सञ्चालन गर्दै आएकी थिइन् ।

लुटेरा समूहले घर्तीको पसलबाट नगद दुई लाख र तीन तोला सुनसमेत लुटेर लगेको प्रहरीले जनायो। घर्ती दम्पत्ति पसलमा सुतिरहेको बेला लुटेरा समूहले आक्रमण गरेका थिए । मुखमा मास्क लगाएका लुटेराले पसलको ढोका फोडेर लुटपाट गरेका हुन् ।

घटनाबारे स्थानीयले बिहान ४ बजे इलाका प्रहरी कार्यालय उवामा जानकारी गराएका थिए । खबरलगत्तै प्रहरी घटना स्थलतर्फ परिचालित भएको थियो । सदरमुकाम लिबाङबाट पनि प्र्रहरी निरीक्षक केशवबहादुर बस्नेतको टोली घटना स्थलतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयले जनायो। प्रहरीका अनुसार लुटेरा समूहको खोजी भइरहेको छ । nagariknewsबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger