Headlines News :
Home » » अलपत्र तुल्सीपुरको बसपार्क गुरुयोजनाको फेरी टेण्डर प्रक्रिया सुरु हुँदै

अलपत्र तुल्सीपुरको बसपार्क गुरुयोजनाको फेरी टेण्डर प्रक्रिया सुरु हुँदै

Written By Unknown on Monday, February 22, 2016 | 3:43 AM


तुलसीपुर १०-फागुन / तुलसीपुर नगरपालिकाको पातुखोलास्थीत नयां बसपार्कमा निमार्ण हुने भनिएको बसपार्क गुरुयोजनाको पुनः टेण्डर प्रकृया केही दिनमा हुने भएको छ ।

पहिले भएको टेण्डर नगरविकाश कोषले स्वीकृत नगर्दा को निर्माण प्रकृयामा ढिलाई हुने भएको हो । बर्षातमा हिलाम्मे र हिउंदमा धुलाम्मे हुने नियति भोग्दै आएको बसपार्क गुरुयोजना त्यतिकै तुहीने हो की भन्ने आंशका बढदै गएको अवस्थाम नगरविकाश कोषले टेण्डर प्रकृयाका लागि स्वीकृत दिए पछि भने सो आंसका हटेको छ ।

नगरपालिकाले छनोट गरी पठाएको टेण्डर नगरविकाश कोषले स्वीकृत नगरेका कारण निर्माण प्रकृयामा ढिलाई हुन गएको नगरपालिकाले जनाएको छ । वस पार्कको गुरुयोजना निर्माण संवन्धी नगरविकाश कोष संग सम्झौता भई टेण्डर प्रक्रिया स्थानीय स्तरवाट नगरपालिकाले गरेपनि अन्तमा सो टेण्डर नगरविकाशकोषले रद्धगरेका थियो ।

नगरविकाशकोषले पुरानो टेण्डरलाई रद्धगरेको र नयाँ टेण्डरको अहनका लागि सहमति दिन ढिलाई गरेकाले टेण्डर अहन गर्न नसकीएको नगरपालिका इञ्जिनियर पवन योगीले बताए । ‘पुरानो टेण्डर रद्धभएको छ नयाँ टेण्डरकोलाथिग थप सहमति चाहीने भएकाले प्रकृयामा ढिलाई भएको हो योजना तुहीने अवस्था छैन, हामीहरुले कामलाई अगाडि बढाएका छौं – योगीले भने ।

’ त्यसैगरि उनले हिजोमात्र नगरविकाश कोषवाट पुुन टेण्डरका सहमति ल्याएको भन्दै लगतै काम टेण्डर आहन गर्ने जानकारी दिए । योगीले भने –सहमति आएको छ १५-२० दिन भित्रमा हामीहरुले टेण्डर आह्वान गर्ने छौं उनले भने ।’ नगरपालिकाले झण्डै आधा दशक अघि बनाएको व्यवस्थीत बसपार्कको गुरुयोजनालाइ तुलसीपुर नगरपालिकाको पहलमा नगर विकाश कोषले २०७०असार ३० गते परीयोजनाको विधिवत रुपमा स्वीकृति दिएको नगरपालिकाले जनाएको छ ।

कोषले तोकेको मापदण्ड अनुरुप अटो व्यावसायीहरुको व्यावस्थापन, बस समितिहरुको स्वीकृति तथा नगरका अन्य राजनितिक दलका प्रतिनिधिहरुको समेत सकारात्मक प्रयास पछि बसपार्क गुरुयोजना संभवन भएको थियो ।

विडिए नेपाल कन्टलनेन्सीले तयार पारेको डिजाइन स्टिमेट सहीतको गुरुयोजना को टेण्डर नगरपालिकाले नगर विकाश कोषमा पठाएको र जस अन्तर्गत सो सुरु योजनका लागी पहिलो चरणमा नगर विकाश कोषले झन्डै साढे १० करोड रकम लगानि गर्ने बताएको छ ।

त्यसमा नगरपालिकाले १० प्रतिसत साझेदारी गर्ने सर्त रहेको छ । त्यसै गरी हालै सम्पन्न नगरपरिसद्ले पनि वसपार्क निर्माण लागी वजेट छुट्याएको छ भने यसलाई महत्वकांक्षी योजनामा राखेर प्रथामिकतामा समेत दिइएको थियो, तर काममा ढिलासुस्ती हुंदा नगरबासीहरु समेत नगरपालिकाको कार्यशैलिप्रति प्रश्न उठाउन थालेका छन् । करिव ३९ करोड लगानिमा ३ चरणमा काम हुने बताएको छ ।

जस मध्ये १ करोड ८ लाख ९६ हजार २ सय ३६ रुपैया अनुदान र बाँकी ८ करोड ९० लाख ७४ हजार ९ सय ७ रुपैया सरल ऋण नगरपालिकाले तिर्ने नगरपालिकाले जनाएको छ । ५.५ प्रतिसत ब्याज कोषलाई तिनुपर्ने नगरपालिकाले जनाएको छ ।

सो रकमले बसपार्कमा पहिलो पटक अत्याधुनिक ट्रमीनल विल्डिङ्ग, अर्र्थात टिकट काटने काउन्टर, सपिङ स्टलहरु, निर्माण हुने इन्जिनियर योगीले जानकारी दिएका छन । त्यसै गरी सार्वजनिक शौचालय, सडक, ढलनिकासका लागी नाला, सोलार लाइट, गाडि पार्किङ स्थललगायतका संरचनाहरु तयार हुने नगरपालिकाले जनाएको छ । -बालाराम खडका, Tulsipuronlineबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger