Headlines News :
Home » » चीनसँग जोडिने चार सडक निर्माण अघि बढ्यो

चीनसँग जोडिने चार सडक निर्माण अघि बढ्यो

Written By Unknown on Friday, February 12, 2016 | 1:29 AM


माघ २९, काठमाडौं । चीनसँग सीमा जोडिएका चारवटा मार्ग निर्माण, विस्तार र कालोपत्रे गर्ने कामलाई सरकारले प्राथमिकतासाथ अगाडि बढाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई वर्षमा सक्ने गरी सङ्खुवासभाको किमाथाङ्का, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङ् र मुस्ताङ्को कोरला नाकालाई निर्माण, विस्तार एवम् कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्कीले जानकारी दिए ।


“विराटनगर–किमाथाङ्का ३१० किमी सकडमध्ये ८४ किलोमिटरको ट्र्याक खोल्न बाँकी छ, अन्य स्थानको सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको छ, दुई वर्षमा काम सम्पन्न हुन्छ”–उनले भने।

तातोपानी नाकाको बाह्रबिसेदेखि कोदारीसम्मको ४० किलोमिटर सडकलाई पनि यस अवधिमा कालोपत्रे गरिनेछ ।

रसुवाको केरुङ् नाकासम्मको सडकलाई दुई लेनको बनाई कालोपत्रे गरिने भएको छ । गल्छी, रसुवागढी ८२ किलोमिटर सडक दुई लेन बनाई कालोपत्रे गर्न बाँकी रहेको र अन्य खण्डको सडक स्तरोन्नति भइसकेको सडक विभागले जनाएको छ ।

रुपन्देहीको बेल्हैयादेखि कोरला नाकासम्मको ३९० लिोमिटर दूरीमध्ये म्याग्दीको राम्दीदेखि कोरलासम्मको ३०२ किलोमिटर कालोपत्रे गर्न बाँकी छ । जोमसोम–कोरला १०० किमी सडक ग्राभेल मात्र गरिने बताइएको छ ।

चारवटै नाकाका सडक कालोपत्रे गर्नका लागि एक किलोमिटर बराबर रु ६ करोडदेखि रु १० करोडसम्म लाग्ने अनुमान गरिएको प्रवक्ता कार्कीले राससलाई जानकारी दिए ।

यो सडकमध्ये बाह्रबिसेदेखि तातोपानीको ४० किलोमिटरलाई र स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १५ मिटरको निर्माण, विस्तार, कालोपत्रे र स्तरोन्नतिका लागि चीन सरकारले सहयोग गर्ने इच्छा प्रकट गरेको मन्त्रालयले जनाएको छ । दुई वर्षमा चारवटै नाकाको काम सम्पन्न गरी १२ महिना सञ्चालन हुने अवस्थामा पुर्‍याउने मन्त्रालयको लक्ष्य छ । रासस

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger