Headlines News :
Home » » कुवेतमा नेपाली कामदारका कथाः मायाप्रीतिदेखि यौन शोषणसम्म

कुवेतमा नेपाली कामदारका कथाः मायाप्रीतिदेखि यौन शोषणसम्म

Written By Unknown on Friday, February 12, 2016 | 1:23 AM


माघ २९, काठमाडौँ । खाडी मुलुक कुवेत नेपालीका लागि वैदेशिक रोजगारीको केन्द्र बनिरहेको छ । तर, पछिल्लो समय रोजगारीसँगै नेपाली कामदारका कथा-व्यथाको केन्द्रबिन्दु पनि बन्दै छ ।

रोजगारी वा पेसा-व्यवसाय गरेर राम्रोसँग घर-व्यवहार चलाएका, प्रगति गरेका नेपालीको पनि कुवेतमा कमी छैन । सँगसँगै पुरुष, घरेलु महिला कामदारका दुःखका कथा खोज्दै जाने हो भने थुप्रै भेटिन्छन् । महिला घरेलु कामदारले पाएका शारीरिक र मानसिक यातना पनि बाहिरिइरहेका छन् ।

घरेलु कामदारले यातना सहन नसकेर भागेका घटना पनि भेटिन्छन् । कुमारी योञ्जन अचेत अवस्थामा सडकछेउ फेलापरिन् । उनको उपचार जारी छ । उनी के कारणले अचेत हुन पुगिन् ? अझै खुल्न सकेको छैन । पार्वती थारुको दुःख अर्कै छ । आफूले काम गर्ने घरबाट बिदा नपाएपछि पार्वती भागिन् । आठ महिनाअघि भागेर ‘गैरकानुनी’ भएकी उनलाई अर्को दुःख थपियो । सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा खुट्टा भाँचियो । अस्पतालमा उपचार गराउँदै कानुनी प्रक्रिया पूरा गरेकी पार्वती अहिले घर फर्किने आशामा छिन् ।

शोभा तामाङलाई घरमालिकले बन्धक बनाएको समाचार सार्वजनिक भयो । तर, उनको वास्तविकता अझै बाहिरिन सकेको छैन ।
त्यस्तै, परदेशी जीवनमा मन बहलाउन नेपाली कामदारले फेसबुक, फोनको सहारा लिने गर्छन् । यसरी नेपालीबीच माया-प्रीति हुने र त्यसले एउटा मोडमा पुर्याउने घटना पनि बढ्ता नै देखिन-सुनिन थालेका छन् ।

क्षणिक आनन्दका लागि नेपाली चेलिबेटीसँग झुटो माया गाँस्न मरिहत्ते गर्ने नेपाली दाजुभाइ पनि थुप्रै भेटिन्छन्, देखिन्छन् र सुनिन्छन् ।
स्याङ्जाका रमेश गुरुङको घरमा श्रीमती छोराछोरी छन् । तर, उनी कुवेतमा मायाप्रीतिको चक्करमा परे । कुवेतमै एक छोराको बाबु बनेका रमेशलाई घर र्फकने हिम्मत छैन । भन्छन्, ‘श्रीमती, छोराछोरी घर-परिवार, इष्टमित्र, समाजसँग मुख देखाउन लाज भएको छ ।’

कुवेतमा माया लगाई, बच्चा जन्माई, नाबालक बच्चालाई अरुकै जिम्मा लगाई केही महिनाअघि मात्रै प्रहरी प्रशासनमा पुगेर स्वदेश र्फकने बाटो खोजेकी कमलाको आँखा ओभाइसकेको छैन ।

फिलिपिनी महिलाको हत्या आरोपमा डोल्मा शेर्पा जेलमा छिन् । यो खबरले ठूलै रुप लियो । संसारभरका नेपालीमाझ ‘डोल्मा बचाउ अभियान’ चलेको थियो ।
त्यस्तै, लागुऔषध अवैध कारोबारको मुद्दामा नवलपरासीकी गोमा दराई जेल जीवन बिताइरहेकी छिन् । यस्तै, आशिका विक मानसिक सन्तुलन गुमाएर कुवेतमै छिन् ।

केही महिनादेखि उपचाररत् अर्की नेपाली चेलीको उपचारपछि स्वदेश र्फकने प्रक्रिया अघि बढेको छ । उनलाई घर मालिकले दैनिक यौनशोषण गर्ने, कुटपिट गर्ने, पछिल्लोपटक त यौनांगमा आगो झोसेर घाइते बनाएको अपुष्ट समाचार प्राप्त भयो । नेपाली पत्रकार अस्पताल पुग्दा प्रहरीले कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउन लागेको बतायो । तर, पीडितसँग कुराकानी हुन सकेन ।

हालै अर्को घटना सार्वजनिक भएको छ, जुन क्षणिक मायाप्रीतिले निम्त्याएको देखिन्छ । प्रेमीले आफ्नो अश्लील तस्बिर फेसबुकमा राखेको भन्दै प्रेमिकाले साहुको सहयोगमा साइबर अपराधमा केस दर्ता गरिन् । प्रेमी अहिले तनावमा छन् । अनुसन्धान चलिरहेकाले घटनाले कुन मोड लिने यसै भन्न सकिने अवस्था छैन ।

उता, सिन्धुलीकी मञ्जली शर्माले भारतीय नागरिकसँग सहमतिमा बिहे गरिन् । उनीहरूबाट छोरी जन्मिएको पनि सात वर्ष भयो । उनीहरू नेपाल र भारत आफन्तकहाँ जाने-आउने गर्छन् । तर, बच्चा जन्मिएपछि कुवेतको कानुनअनुसार कुनै प्रक्रिया पूरा नगरेकाले बालिका गैरकानुनी बन्न पुगेकी छिन् । अनेक उपाय गर्दा पनि उनीहरुको बालिकासहित घर र्फकने चाहना पूरा हुन सकेको छैन ।

त्यस्तै, मदिरा उत्पादन र बेचबेखनको आरोपमा बेलाबखतमा नेपाली समातिएका उदाहरण पनि प्रशस्त भेटिन्छन् । पछिलोपटक यौन धन्दा चलाएको आरोपमा नेपाली महिला पक्राउ समेत परेका छन् ।

कुवेतमा नेपाली कामदारका कथाका यी त केही उदाहरण हुन् । यस्ता थुप्रै घटना ओझेलमा छन् । यसतर्फ नेपाली दूतावासलगायत सम्बन्धित निकायले दृष्टि पुर्याउन आवश्यक छ ।onlinekhabarबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger