Headlines News :
Home » » सुशीललाई के भएको थियो ?

सुशीललाई के भएको थियो ?

Written By Unknown on Tuesday, February 9, 2016 | 8:06 PM


माघ २७, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधन निमोनियालगायत रोगका कारण भएको चिकित्सकहरुले बताएका छन् ।

कोइरालाको उपचारमा संलग्न वरिष्ठ छाती रोग विशेषज्ञ प्रा.डा. करवीरनाथ योगीका अनुसार मुख्य रुपमा निमोनियाले गर्दा कोइरालाको निधन भएको हो । कोइरालालाई ५ साता अघिसमेत रुघाखोकीको समस्या देखिएको थियो ।

४ साताअघि निमोनिया भएपछि एन्टिबायोटिकले उपचार गरेर नियमित अक्सिजन दिइराखिएको थियो । डा. योगीले कोइरालाको मृत्युको कारकमा दमको तीव्र प्रकोप, सामुदायिक कारणले हुने निमोनियाले गर्दा भएको श्वासप्रश्वाससम्बन्धी असफलता, क्षयरोग, विकिरण उपचारले हुने पोस्ट रेडियसन फाइब्रोसिस र फोक्सो खुम्चिने समस्यालगायत रहेको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger