Headlines News :
Home » » सशस्त्र संघर्षका लागि विप्लव माओबादीद्वारा पाँच हजार हतियारसहितको सेना तयार

सशस्त्र संघर्षका लागि विप्लव माओबादीद्वारा पाँच हजार हतियारसहितको सेना तयार

Written By Unknown on Sunday, February 28, 2016 | 8:39 PM



फागुन १७, काठमाडौं । १० वर्षे जनयुद्धको लक्ष्य र उद्देश्य अझै पूरा नभएको र माओवादीको मूल नेतृत्वले क्रान्तिलाई धोका दिएको भन्दै विभाजित हुन पुगेको विप्लव नेतृत्वको माओवादीको गतिविधि हिजोआज सुन्नमा आएको छैन ।

अहिले सो पार्टी लगभग चकमन्न जस्तो छ । केही महिना अघि आफ्ना सबै केन्द्रीय सदस्ययहरुलाई राजधानी छाड्न उर्दी गरेको विप्लव माओवादी अहिले के गर्दै होला ? सशस्त्र संघर्ष गर्ने उसको प्रतिवद्धता व्यवहारमै रुपान्तरित होला ? या यी सबै धम्कि मात्रै हुन् ?

यसबारे रोचक तथ्य फेला परेको छ । स्रोतका अनुसार विप्लव माओवादी सशस्त्र संघर्ष गर्ने अन्तिम निष्कर्षमा पुगिसकेको छ । सशस्त्र संघर्षका लागि अनुकूल समय नभएकोले उसले सशस्त्र संघर्ष नगर्ने आँकलन धेरैले गरे पनि विप्लव माओवादी भने अवस्था अनुकूल बन्दै गएको निष्कर्षमा पुगेको छ । यसले यही विश्लेषण गर्दै सशस्त्र संघर्षको तयारीलाई भित्रैभित्रै अघि बढाइरहेको छ ।

माओवादी स्रोतका अनुसार उसले अहिले छापामार तालिम दिएका केही युवालाई तम्तयार राखेको छ । पश्चिम नेपालसहितका जिल्लामा उसले यस्ता तालिम दिएको बताइन्छ । झण्डै पाँच हजारको हाराहारीमा हतियारसहितको सेना तयार पारेको स्रोतको दाबी छ । स्रोतका अनुसार विप्लव माओवादीले अहिले आफ्ना सबै आन्तरिक सम्यन्त्र  सैन्य विस्तारमा लगाएको छ । -साँघु साप्ताहिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger