Headlines News :
Home » » प्यूठान जिल्ला विकास समितिको वजेट पौने तीन अर्व

प्यूठान जिल्ला विकास समितिको वजेट पौने तीन अर्व

Written By Unknown on Sunday, February 28, 2016 | 8:49 PM


प्यूठान १७-फागुन / जिल्ला विकास समिति प्यूठानको २३ औँ जिल्ला परिषद्ले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि पौने तीन अर्व बजेट विनियोजन गरेको छ ।

आवधिक जिल्ला विकास योजनाले कृषि, पर्यटन र ऊर्जालाइ प्राथमिकता दिँदै २ अर्व ७४ करोड १९ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

पूँजिगत तर्फ १ अर्व ९३ करोड ४३ लाख ५२ हजार र चालुतर्फ ६१ करोड ९ लाख ३४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको स्थानीय विकास अधिकारी शिव प्रसाद रेग्मीले जानकारी दिए । परिषद्ले जिल्लाको पूर्वाधार तथा संरचना विकासमा १ अर्व ३७ करोड ८४ लाख ९४ हजार बजेट विनियोजन गरेको छ ।

कृषि, वन वातावरणमा ३७ करोड ७० लाख २३ हजार, जलश्रोत तथा भूमि अन्तर्गत २८ करोड ४ लाख ६७ हजार र जनसंख्या तथा सामाजिक विकास अन्तर्गत ७० करोड ५९ लाख ४० हजार रुपैयाँ बजेट छुट्टाईएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व. २०७३-७४ मा प्रस्तावित बजेट २ प्रतिशतले बृद्धि भएको स्थानीय विकास अधिकारी रेग्मीले बताए ।

अघिल्लो आर्थिक वर्ष जिल्लामा साढे ५९ प्रतिशत कि.मि.सडक ग्राभेल, ५५ कि.मि. ग्रामीण सडकको स्तरोन्नती, ५६ कि.मि.नयाँ ट्र्याक निर्माण, २० वटा खानेपानी योजना, ६ वटा झोलुंगे पुल निर्माण र १० कि.मि. विद्युत्त लाईन विस्तार गरिएको छ ।

जिल्लामा संचालित मुख्य सडकहरुलाई बाह्रै महिना संचालन हुने गरि नियमित मर्मत कार्यलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । विकास निर्माणमा जनसहभागीता नजुट्नु, स्थानीय निकाय जनप्रतिनिधी विहिन हुनु, सडक सञ्जाल विस्तार गर्दा हेभि मेशिनको प्रयोगले वातावरणमा पर्ने असर, कृषि, पर्यटन, ऊर्जा र घरेलु उद्यमबाट संचालन गरिने आय आर्जनका कार्यक्रमबाट लक्षित वर्गमा अपेक्षा अनुसार व्यवसायीकरण हुन नसक्नु लगाएतका समस्याले जिल्लाको विकास निर्माणमा चूनौती देखिएको रेग्मीले बताए ।

आ.व. २०७१÷७२ मा जिल्लाको आन्तरिक आय २ करोड ४६ लाख ३८ हजार ३ सय ६० रुपैयाँ थियो । ‘अघिल्लो आ.व.को तुलनामा ६६ प्रतिशतले आन्तरिक आय बढेको रेग्मीले बताए । यसैविच, परिषद्मा उत्कृष्ट कार्यसम्पादनको आधारमा यहाँको पकला गाविसलाई सम्मान गरिएको छ ।

उदयपुरकोट गाविस सचिव लिलाराम सोमै मगर, जिल्ला विकास कार्यालयमा कार्यरत कम्पयूटर सहायक अपरेटर विरेन्द्र मल्ल, जिल्ला प्राविधिक कार्यालयका सव इञ्जिनियर दिनेश के.सी, पत्रकार सुशील पोख्रेललाई नगद र प्रमाणपत्रले सम्मानति गरिएको छ । त्यस्तै, पूर्ण साक्षर जिल्ला घोषणा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला शिक्षा कार्यालय र पूर्ण खोपयूक्त जिल्ला घोषणा गर्न विशेष योगदान पु¥याउने जिल्ला स्वास्थ्य कार्यालय प्यूठानलाई पुरस्कृत गरिएको छ ।

विकास साझेदारतर्फ उत्कृष्ट कार्यसम्पादनको आधारमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना र उत्कृष्ट गैर सरकारी क्षेत्रको तर्फबाट टिकुरी सक्रिय यूवा समूह विजुवारलाई पुरस्कृत गरिएको छ । परिषद्मा गतवर्षको एसएलसी परीक्षामा जिल्लाबाट सामुदायिक विद्यालयको तर्फबाट उत्कृष्ट अंक ल्याउने छात्र÷छात्राहरुलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

कार्यक्रममा प्यूठान क्षेत्र नम्वर २ का सांसद् हिराबहादुर केसी., सांसद् धनबहादुर रायमाझी, पुनाराम थापा र दुर्गा पौडेलले जिल्लाको समग्र विकासमा सवै दलहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनीहरुले एकजुट भएर जिल्लाकै विकासमा लाग्नुपर्ने बताए । कार्यालय प्रमुखको तर्फबाट जिल्ला न्यायधिश बासुदेव न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।

यसैविच, पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको कालाकाटे, राम्री, बगाले, एमेलिया र जुरेली लगाएतका स्थानहरुबाट ठेकेदारहरुले अनाधिकृत रुपमा कर असुल्दै आईरहेकोले यसलाई रोक्न प्यूठान उद्योग वाणिज्य संघले संघिय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापालाई ज्ञापनपत्र बुझाएको छ । करिव एक दशकदेखि अवैध करबाट प्यूठानका व्यवसायीहरु मारमा पर्दै आईरहेका संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए ।

यस्तै, गाउँ विकास समिति कर्मचारी संघ नेपाल जिल्ला कार्यसमिति प्यूठानले स्थानीय निकायमा कार्यरत विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई व्यवस्थापन सहित सेवा सुविधा सुनिश्चित गरिदिन आग्रह गर्दै मन्त्री थापालाई विभिन्न ६ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई प्रक्रिया पु¥याई अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने, भूकम्पपछि स्थानीय निकायमा प्राविधिकहरुको आवश्यक देखिएकाले कर्मचारी व्यवस्थापन र दरवन्दी पदपूर्ति गर्नुपर्ने, योग्यता कार्यदक्षताको आधारमा कर्मचारीहरुलाई पदीय जिम्मेवारी दिने र विद्यमान ऐन नियम संशोधन गरी सचिव रिक्त रहेको गाविसमा सोही गाविसका कर्मचारीलाई निमित्त दिनुपर्ने लगाएतका मागहरु सम्वोधनका लागि मन्त्री थापालाई ज्ञापनपत्र बुझाईएको संघका जिल्ला अध्यक्ष बासुदेव गिरीले जानकारी दिए । केशर रोका, तुलसीपुरअनलाइनबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger