Headlines News :
Home » » सल्यानमा एक महिलाको हत्या कि मृत्यु भन्नेमा विवाद हुँदा प्रहरी चौकी तोडफोड, तोडफोडमा संलग्न ९ जना पक्राउ, को को परे ?

सल्यानमा एक महिलाको हत्या कि मृत्यु भन्नेमा विवाद हुँदा प्रहरी चौकी तोडफोड, तोडफोडमा संलग्न ९ जना पक्राउ, को को परे ?

Written By Unknown on Thursday, March 10, 2016 | 3:12 AM


दिपक शर्मा, सल्यान, २७-फागुन । सल्यान एक महिलाको मृत्युका विषयमा भएको विवाद पछि स्थानीयबासीले इलाका प्रहरी कार्यालय लुहाममा तोडफोड गरेपछि प्रहरीले हवाइफायर तथा अश्रु ग्याँस प्रहार गरेको छ ।

स्थानीयबासीहरुले प्रहरी तथा प्रहरी भवनमाथि ढुंगा प्रहार तथा आक्रमण गरेपछि ३ राउन्ड अश्रु ग्याँस, ४ राउन्ड सटगण र २ राउन्ड हवाइ फायर गरेको हो ।

आन्दोलनकारीले प्रहार गरेको ढंगा प्रहारबाट २ प्रहरी जवान खड्क सुनार र दिपेन्दं्र श्रेष्ठ घाइते भएका छन् । आन्दोलनकारीले हानेको ढुंगा लागेर प्रहरी भवनका शिसा फुटेको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख सुरेन्द्र गौतमले जानकारी दिनु भयो । प्रहरी र भवनमाथि आक्रमण तथा ढुंगा प्रहार गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यहि फागुन २३ गते राती आफ्नै घरको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी त्रिवेणी गाउँ विकास समिति वडा न ७ पोखरीकी २५ वषिर्या निर्मला विकको मृत्यु कि हत्या भन्ने विषयमा मृत्तकका आफन्त र स्थानीयबासीबिच विवाद भएको प्रहरी प्रमुख गौतमले जानकारी दिनु भयो । प्रहरी र प्रहरी भवनमा आक्रमण गर्ने ९ जनालाई आफ्नो नियन्त्रणमा लिएको प्रहरीलेल जनाएको छ ।

injआक्रमणमा सलंग्न भएको भन्दै प्रहरीले झिम्पे निवासी ज्ञान बहादुर विक, त्रिवेणी ७ का लाल बहादुर नेपाली, त्रिवेणी ७ का १७ वर्षिय विनोद विक, ७ कै ३० वर्षिय तुत्सी विक, ७ की २५ वर्षिया गौरी रेउले, सात कै पवित्रा विक , शोही ठाउँकै २६ वर्षिय शोभा शर्मा डाँगी , त्रिवेणी ४ की ५२ वषिर्या शुसिला विक र दमाचौर ७ की हिमा विक रहेका छन् । विकको हत्या भएको भन्दै आफन्तले बुधबार ४ जनामाथि किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरी अनुसार आरोपितहरुलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भई रहेको भएपनि आफन्तले आरोपितलाई जवर्रजस्ती कबुल गराउनु पर्ने भन्दै प्रहरीमा पुगेको गौतमले बताउनु भयो ।

मृत्तकका आफन्तले त्रिवेणी ६ की ३५ वर्षिया माघुरी बुढाथोकी, त्रिवेणी ६ का ५२ वर्षिय गोपीलाल बुढाथोकी, त्रिवेणी ४ की २८ वर्षिया मोती खड्का र ४ कै २२ वर्षिया दुर्गा बोहरा रहेका छन् । उनीहरु उपर अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ । तुलसीपुरअनलाइनबाट साभार 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger