Headlines News :
Home » » निर्मलाको हत्या कि आत्महत्या ! छोरा भन्छन- मारेर पासो लगाएको हो

निर्मलाको हत्या कि आत्महत्या ! छोरा भन्छन- मारेर पासो लगाएको हो

Written By Unknown on Thursday, March 10, 2016 | 8:52 PM


फागुन २८, सल्यान । सेतो कपडा शरिरमा बेरेर बाजेको आडैमा बसेका त्रिवेणी ४ का हेमराज वि.क.ले फाल्गुण २२ गते राति आमालाई गुमाएका छन ।

आमाकै क्रियामा बसेका ९ वर्षका वि.क.ले आफ्नो आमा निर्मला वि.क.लाई उनकै घरमा बस्ने मन्दरी बुढाथोकी र उनका सहयोगिहरुले हत्या गरेर पासो लगाइदिएको बताउछन ।

मन्दरी र उनकी बहिनी मोती खड्का र देवरानी रुपा बोहराले आफ्नो आमालाई झप्पल र ढुङ्गाले हानेर हत्या गरेको भनिरहदा प्रहरीको कुटाई खाएका उनका बाजे आँखाभरी आँशु र उनका ५ बर्षिय भाई आमाको पर्खाइमा प्याकेटको भुजा खाइरहेका थिए । शिवरात्रीको दिन भएको उक्त घटनाको प्रहरीले मुचुल्का उठाई पोष्टमार्टमका लागि अस्पताल पु¥याएका थिए । अस्पतालबाट पोष्टमार्टमको रिपोर्ट नआउदै प्रहरीले मृतकका ससुरा मनिराम वि.क.लाई लास बुझ्न लगाई जलाउन लगाएको उनका आफन्तहरु बताउदै थिए ।

लास सेलाएर काजक्रियामा लागेपछि मृतकका आफन्तले प्रहरी मार्फत पोष्टमार्टम रिपोर्ट आउन ढिला भएपछि शंकाले हेर्दै ९ बर्षिय छोरा हेमराज वि.क.लाई के भएको बाबु भनेर सोधीखोजि थाले । बालक हेमराजले आमालाई घरमा बस्ने आरोपी मन्दरी बुढाथोकीका श्रीमान गोपिलाल बुढाथोकीले आफुले ल्याएका माछा दिएको, माछा दिएपछि किन माछा दिएको त्यसलाई भन्दा पहिला उनै २ जनामा भनाभन भएको पछि त्यो झगडा आफ्नो आमासंग सरेको बताएका थिए ।

बालकलाई उनिहरुले सोध्दै जाँदा बालकले आफ्नो आमाले मन्दरीलाई लखेटेपछि उनले साथिहरु बोलाई ३ जना लागेर मारी पासो लगाइदिएको बताएका थिए ।

उता प्रहरीले मुचुल्कामा आत्महत्या गरेको सतगत पुर्जी मृतकका ससुरालाई थमाइदिएको छ । आत्महत्या भनी प्रहरी पुर्जी ससुरालाई दिनु अनी पोष्टमार्टम रिपोर्टपनि समयमा नआउनु कतै प्रहरी नै बदमासी त गर्दैछैन भन्दै मृतकका आफन्तले किटानी जाहेरी सहित ३ जना आरोपी र मुख्य आरोपीका श्रीमानलाई ज्यान केश सम्बन्धि इलाका प्रशासन कार्यालयमा मुद्धा दर्ता गरेका थिए ।

प्रहरीले निवेदनका आधारमा आरोपी चारै जनालाई नियन्त्रणमा लिएर कार्वाहीको प्रक्रिया अगाडि बढाएको छ । मृतकका आफन्तले पिडितलाई कार्वाहि गर्ने क्रममा ढिला सुस्ती गर्नु घुसपैठ भएको भन्दै इलाका प्रहरी कार्यालय लुहाममा विहिबार प्रदर्शन पनि गरेका छन । उनिहरुले राप्ती राजमार्गलाई समेत ठप्प पार्नेगरि गरेको प्रर्दशन चलिरहदा स्थिती नियन्त्रण बाहिर गएको थियो ।

स्थिती नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको जनाएको छ । अश्रुग्याँसको पहारपछि स्थिती नियन्त्रणमा आएको थियो भने प्रर्दशनका क्रममा दर्जन प्रदर्शनकारीले प्रहरीको कुटाई खाएका छन भने २ जना प्रहरी जवान दिपेन्द्र श्रेष्ठ र खड्क सुनार घाइते बनेका छन । प्रहरीले ९ जना आन्दोलनकारीलाई उग्र बनेको भन्दै नियन्त्रणमा समेत लिएको छ ।

प्रहरी निरिक्षक सुरेश गौतमले आफुहरुले त्यतिकै आरोपिहरुलाई हत्यारा भन्न नसकिने हत्या गरेको भएपनि हत्यारा भन्ने काम अदालतको हुने जनाएका छन । उनले हत्या वा आत्महत्या के हो घटनाको वास्तविकता छानविनपछि मात्रै खुल्ने बताउदा पनि आन्दोलनकारी उग्र बनेर इलाका प्रहरी कार्यालय लुहामका झ्यालका सिसाहरु फुटाएकोले अश्रुग्यास र लाठि चार्ज गर्नुपरेको बताएका छन ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger