|
|
तुलसीपुर –घोराही सडक खण्डको रतनपुरमा ट्रेक्टरको ठक्कर मोटरसाईकल चालक त्रिपुर–५ खैरा निवासी १९ वर्षीय निगास डाँगीको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता प्रकास राज शर्माले जानकारी दिए । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
मोटरसाईकलमा सवार त्रिपुर ९ निवासी १७ वर्षीया किशोरी रीता रोका गंभिर घाइते भएकी छन् । उनको हाल राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरेको प्रहरीले बताएको छ । एकै दिशा घोराही तर्फ जाँदै गरेको अनटेष्ट मोटरसाईकललाई र रा १ त १८०६ नम्वरको ट्रेक्टरले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।
आईतवार दिउँसो साढे १ बजेतिर गुडिरहेको ट्रेक्टरले रतनपुरतिर जान एक्कासी मोडन खोजेपछि त्यसको पछिपछि गइरहेको मोटरसाईकल टक्टरमा ठोक्किन पुग्दा दुर्घटना हुन पुगेको प्रहरीले बताएको छ । source: tulsipuronline
Post a Comment