|
|
घोराही, २७-फागुन । कपिलबस्तुमा भएको मोटरसाईकल दुर्घटनामा दाङ घोराहीका एक जनाको मृत्युभएको छ ।
दाङबाट बुटवल जादै गरेको रा २ प ९९४१ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आईरहेको ना ४ ख ४६७९ नम्बरको बस सँग दाङ र कपिलबस्तुको सिमाना नजिकै ठोकीदा घोराही ११ बस्ने २६ बर्षिय मिलन डाँगीको मृत्यु भएको हो ।
बुधबार बेलुकी भएको दुर्घटनामा घोराही १० का २५ बर्षिय रामबहादुर बुढा मगर गम्भिर घाईते भएको कपिलबस्तुका प्रहरी प्रमुख एसपी बिष्णु केसीले जानकारी दिएका छन् । डाँगीको लुम्बीनि अस्पतालमा उपचारका क्रममा मृत्युभएको हो । अर्का घाईते बुढाको लुम्बिनि अस्पतालमा उपचार भैरहेको छ । -तुलसीपुर अनलाइनबाट
Post a Comment