|
|
तुलसीपुर, २७-फागुन । बुधवार अपरान्ह ५:४० बजे बसले स्कुटरलाई ठक्कर दिँदा आमा छोरी घाईते भएका छन् ।
घाईते हुनेमा तुलसीपुर ५ निवासी ३४ बर्षीया विनिता धिताल र उनकी १२ बर्षीया छोरी एन्जिला धिताल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरिक्षक रामबहादुर जिसीले जानकारी दिए ।
घाइते आमा छोरी दुबैलाई तुलसीपुरको दिघायू पोलिक्लिनिक्सको प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर रेफर गरिएको प्रहरीले बताएको छ । घाइते मध्य आमाको दाहिने हात र नाक फ्याक्चर भएको क्लिनिक्स प्रशासनले जानकारी दिएको छ ।
छोरी एन्जिलालाई टाउको र खुट्टामा चोट लागेको छ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ ख ४६८ नम्वरको बसले तुलसीपुर तर्फ आउँदै गरेको रा ३ प २४९३ नम्वरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने वसका साहुले नै बस चलाएको खुल्न आएको प्रहरीले बताएको छ । वस प्रहरीले नियन्त्रणमा लिएको छ । -तुलसीपुरअनलाइनबाट साभार
Post a Comment