Headlines News :
Home » » चीनले भन्यो– पाइपलाइनबाट कच्चा तेल लगेर प्रशोधन गर्नुस्

चीनले भन्यो– पाइपलाइनबाट कच्चा तेल लगेर प्रशोधन गर्नुस्

Written By Unknown on Friday, March 11, 2016 | 6:35 PM


फागुन २९, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा इन्धन खरिद सम्झौता हुने अपेक्षा गरिएको छ । 

नेपालले कुन खपतको ३० प्रतिशत प्रशोधित इन्धन आयात तयारी गरिरहँदा चीनले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएको छ । त्यसका लागि पाइपलाइनमार्फत कच्चा तेल दिने र प्रशोधन केन्द्र निर्माणमा सघाउने चीनको प्रतिवद्धता छ ।

चीनबाट इन्धन खरिद सम्भावना खोज्न पटकपटक गएको नेपाली टोलीलाई चिनियाँ अधिकारीले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएका हुन् । 

चारपटकसम्म चीन पुगेका आयल निगमका निमित्त नायव प्रवन्धन निर्देशक सुशील भट्टराईले प्रशोधित तेल आयात सम्भावना खोज्न गए पनि चीनले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger