|
|
ईलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक शसीधर अधिकारीको नेतृत्वमा प्रहरी टोली फागुन ६ गते नै घटना स्थलमै पुगेको भएपनि नेपाली कागज र कार्यालयको छाप चाहिन्छ भन्दै मुचुल्का उठाउन आलटाल गरेपछि पीडितहरु थप मर्कामा परेका हुन् ।
अस्थायी प्रहरी पोष्ट जेद्बाङ गाविस ६ गोगनपानीबाट खटिएका प्रहरीहरुले पनि अधिकृत सरह प्रहरीको हस्ताक्षर चाहिने बताएपछि मुचुल्का हालसम्म बन्न नसकेको अग्नी पीडित नरबहादुर कवरले बताए ।
प्रहरीले पीडित परिवार तथा अन्य स्थानीय गरी सात जनालाई इप्रका सुलिचौर जानुपर्ने भनेपछि उनीहरु सुलिचौर पनि गएका थिए तर त्यहाँपनि दिनभर कुराएर बेलुकी पख भोली बन्छ मुचुल्का भन्दै आफूहरुलाई फर्काएको तर के कारणले बन्दैन भन्ने बारे नखुलाएको पीडित कवरले गुनासो गरे ।
हालसम्म मुचुल्का नबन्दा जिविस, बालबालिका कार्यालय लगाएतका कार्यालयहरुबाट राहत पाउन बञ्चित भएको उनले बताए । ऋागलागि बाट ७० वर्षीय नरबिर कवँरको ज्यान गएको थियो भने ७ घर, २ भैसी, ३ बाख्रा र ३ मकै राख्ने ओरिम गरी करिब ५० लाख भन्दा बढीको धन, माल जलेर नष्ट भएको थियो । -माधवकुमार ओली,तुलसीपुरअनलाइनबाट
Post a Comment