Headlines News :
Home » » तुलसीपुरमा ट्राफिक प्रहरीको सडक खाली अभियान सुरु

तुलसीपुरमा ट्राफिक प्रहरीको सडक खाली अभियान सुरु

Written By Unknown on Thursday, March 3, 2016 | 5:07 AM


तुलसीपुर, २०-फागुन । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले विहीवार तुलसीपुरका विभीन्न स्थानवाट करिव २ दर्जन मोटरसाईकलका हेलमेटहरु नियन्त्रणमा लिएको छ । अव्यवस्थीत रुपमा पार्कङ गरी राखेका मोटरसाईकलहरुका हेलमेटहरु प्रहरीले उठाएको हो ।

सडक ढाक्नेगरि सवारी साधनहरु पार्कङ गर्ने गरेको भन्दै चेतावनी स्वरुप पहिलो पटक हेलमेटहरु नियन्त्रमा लिएको ट्राफिक प्रहरी प्रमुख नन्दकुमार पोख्रेलले बताए ।

तुलसीपुर वजारमा सडक अतिक्रमण गरि व्यापार व्यसायी सञ्चालन गर्ने प्रवृद्धि बढेको भन्दै त्यसको अत्यका लागि कडाईका साथ लाग्ने निर्णय अनुसार विहीवार देखी सडक खाली अभियान अन्र्तगत हेलमेटहरु नियन्त्रमा लियर चालकहरुलाई सम्झाउने प्रहरीले जनाएको छ ।

हालै स्थानिय प्रहरी प्रशासन र उद्योगी व्यवासयीहरुको सर्वपछिय भेलाले सातदिन भित्र सडका पेटीको व्यापार व्यवसाय हटाउन अल्टीपेटम समेत दिएको थियो । पटक पटक सार्वजनिक सुचना तथा माइकिङ गर्दा पनि अटेर गर्दै सडक किनारामा व्यापार व्यवसाय गर्न तथा जहापायो त्यही सवारीका साधनहरु रोक्ने गरको भन्दै त्यसले तुलसीपुर वजार दिन प्रतिदिन अब्यवस्थीत वन्दै गएको भन्ने गुनासो आइ रहेको थियो ।

‘यो अभियान जारी रहनेछ पहिलो दिन सडकमा राखेका मोटसाइकलहरुलाई व्यवस्थीत गर्न लागेका छौं विस्तारै सवै वजारमा राखिएका निर्माण सामाग्री तथा सडक पेटीमा ब्यापार गर्नेहरु लाई हटाउने छौं –पोख्रेलले भने ।’

वजारका पेटीमा ब्यापार गर्ने तथा जहा पायो त्यही सडकमा गाडि पार्कङ गर्नाले सडक साघुरो भई दुर्घटना हुने सम्भावना भएको भन्दै वजारमा सो अभियान सुरु गरेको बताएको छ । विहीवार प्रहरीले वजारका क लाईन तथा अन्य लाइनहरुमा गरिएको अव्यवस्थीत पार्कीङलाई हटाएको हो । तुलसीपुरअनलाइनबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger