|
|
तुलसीपुर, २१-फागुन । दाङको धानखोलामा भएको यात्रुवहाक वस दुर्घटनामा परि ३३ जना यात्रु घाईते भएका छन् ।
काठमान्डौवाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको राप्ती अंचल सार्वजनिक यातायात समितिको ना ४ ख १०७६ नम्वरको वस गोवरडिया १ मा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी प्रमुख कुवरे कडायतका अनुसार शुक्रवार विहान साढे ५ बजेतिर भएको उक्त वस दुर्घटनामा परि घाईते भएका मध्य १६ जनाको अवस्था गंभिर रहेको छ ।
घाईते १६ जनाको उपचार बुटवलमा भइरहेको छ भन्ने अन्य १७ जना घाईतेको भालुवाङमा उपचार भइरहेको छ । वस विद्युतको पोलसंग ठोक्किएर उक्त दुर्घटना भएको थियो ।
एसपी कडायतका अनुसार चालक निदाएर वा अत्यधिक गतिका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । अधिकाँस घाईते दाङवासी भएको बताइए पनि उनीहरुको नाम भने खुल्न नसकेको प्रहरीले बताएको छ । तुलसीपुरअनलाइनबाट साभार
Post a Comment