|
|
घोराही,२९-फागुन । शनिबार मध्यान्न चलेको हावाले दाङको घोराहीमा जारी महोत्सवमा केही क्षति पु-याएको छ ।
हावाका कारण मेला स्थलमा जाने कटुवाखोला पुल नजिकै बनाइएको स्वागत द्धार ढलेको छ । त्यस्तै महोत्सव स्थलमा पनि केही स्टलहरुमा समेत क्षेती पु-याएको छ ।
हावाले महोत्सवको स्टेज अघि दर्शक दिर्घाको पश्चिम तर्फ रहेका केही होटेलहरु समेत भत्कीएको छ । टेन्ट टाँगेर बनाइएका स्टलहरु ढलेको छ । हावा सँगै केही बेर हल्ला पानी समेत परेको थियो । ढलेको गेट निर्माण गरिएको छैन भने अन्य स्टलहरुको मर्मत गरीएको छ । -तुलसीपुरअनलाइनबाट
Post a Comment