|
|
स्थानिय विकास अधिकारी भरतकुमार शर्माले प्रस्तुत गरेको निति तथा कार्यक्रममा ८२ करोड ८७ लाख ९० हजार सञ्चालन खर्चर्, १ अर्ब १३ करोड ४९ लाख १९ हजार पुँजीगत खर्च र ८ करोड ५६ लाख ७४ हजार प्रशासनिक खर्च बिनियोजन गरिएको छ ।
गत आर्थिक बर्षको भन्दा यस आर्थिक बर्षको बजेट करिब ५ करोड कम हो । आपुर्ति मन्त्री गणेशमान पुनले परिषदको उद्घाटन गर्नुभएको हो । यस बर्षको जिल्ला परिषद्ले कृषि र पर्यटनलाई बढी प्राथामिकता दिएईएको छ ।
त्यसैगरी शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईलाई, बिद्युत, खाद्य सुरक्षा, बन वाताबरण लगायतका क्षेत्रलाई पनि प्राथमिकता दिएको छ । जसमा दुई जिल्ला जोड्ने सडक, जिल्ला सदरमुकामबाट गाबिस भवन सम्म पुग्ने सडक सगै अन्य सडक संजालको बिस्तार गर्दै सबै गाबिसमा सडक पु-याउने लक्ष राखिएको छ ।
त्यसैगरी निर्बाहमुखि कृषि प्रणालीलाई एकिकृत र व्यवसायिक कृषि प्रणाली तर्फ उन्मुख गर्दै खाद्यान्न समस्या हुन नदिने र ग्रामिण पर्यटनको विकासमा जोड दिइएको छ । -मेगराज खड्का, तुलसीपुरअनलाइनबाट
Post a Comment