Headlines News :
Home » » सल्यानमा सडक निर्माण कार्यमा लागेको स्काभेटर अज्ञात समुहले जलायो

सल्यानमा सडक निर्माण कार्यमा लागेको स्काभेटर अज्ञात समुहले जलायो

Written By Unknown on Friday, March 11, 2016 | 6:13 PM


फागुन २९, सल्यान । सल्यानको बडागाउमा बुधबार राति जलेको स्काभेटरमा आगो कसरी लागेको भन्ने कुरा छानविन गर्दै सडकको निर्माण कार्यलाई निरन्तरता दिन स्थानियबासीले ध्यानाकर्षण गराएका छन । 

सल्यान बडागाउँ  ३ सल्लीटाकुरामा सडक थारमारे चौरजहारी सडक निर्माणमा प्रयोग गरिएको सुर्य कन्ट्रक्सन प्रा.लि.को बा १ क ७१७५ नम्बरको स्काभेटर मेशिन आगलागिका कारण नष्ट भएकोमा कारण खोज्न आग्रह गर्दै स्थानियले विज्ञप्ती जनाएका छन । 

स्थानिय राजनीतिक दल र सरोकारवालाहरुले विहिबार सर्वपक्षिय बैठक बसेर गल्ती गर्नेलाई कार्वाहिको दायरामा ल्याई सडक निर्माण कार्यलाई निरन्तरता दिन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन । हाल थारमारे चौरजहारी सडकखण्डको कामलाई प्राथमिकतामा राखि का गरिरहेकोमा ३ दिन यता निमार्ण कार्य बन्द रहेको छ । 

बुधबार काम गरी सडकमा राखिएको स्काभेटरमा राती आगो बलिरहेको अवस्थामा स्थानियले देखेका थिए । गाविस प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र स्थानियवासीले संयुक्त विज्ञप्ती निकाली सडक निर्माण कार्यलाई तत्काल नियमित गर्न ध्यानाकर्षण गरेका छन ।   

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger