|
|
देउखुरी, २६-फागुन । देउखुरीमा प्रहरीले बुद्धको मुर्ती सहीत दुई जनालाई पक्राउ गरेको छ ।
लमही नगरपालिका वडा नं. ११ रातोडाँडाँमा रहेको राप्ती गेष्ट हाउसको कोठा नम्बर १०६ बाट बुद्धको मूर्ती सहित रुकुम स्यालापाखा ४ का २४ बर्षिय सेरबहादुर बोहरा र जाजरकोट सक्ला २ का २३ बर्षिय पूर्ण सुनारलाई हिजो नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए ।
मूर्तीको तौल ६ किलो ३ सय ३० ग्राम रहेको छ । उनिहरुले बुटवलबाट किनेको र भारतमा लगेर बिक्रि गर्ने योजना बनाएको प्रहरीलाई बयान दिएका छन् ।
उक्त मूर्तीको रंग पहेलो रहेको र कुन धातु हो भन्ने पत्ता लागेको छैन् । उनिहरुलाई कानुन बमोजिम कार्वाही हुने एसपी कडायतले बताए । पक्राउ परेका व्यक्ति र मूर्तीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । -तुलसीपुरअनलाइनबाट
Post a Comment