|
|
मेगराज खड्का, रुकुम २५-फागुन । जाजरकोट र रुकुम जोड्ने मोटरयबल पुलको निर्माण कार्य धमाधम भैरहेको छ ।
छिन्चु जाजरकोट डोल्पा सडक खण्ड अन्र्तगत जाजरकोट रिम्ना र रुकुमको घेत्मा गाविस जोड्ने पुलको निर्माण कार्य तिब्र रुपमा अगाढि बढिरहेको हो ।
यो पुल निर्माण सम्पन्न भएपछि भेरी नदिका कारण समस्या भैरहेको यस सडकखण्ड सिधा रुकुम हुदै डोल्पा सम्म जोडिने छ ।
हाल उक्त सडक खण्ड अन्तरगत जाजरकोटमा सञ्चालित यातायातका सवारीसाधनहरु जाजरकोटको रिम्ना बजार सम्म मात्र आई रोकिने गरेका छन भने रुकुम अन्र्तगतको सडकमा चल्ने गाडिहरु नदि पार गर्न नसकी भेरी पारी मात्र सञ्चालन हुदै आईरहेका छन ।
अनक अन्ट्रकक्सन प्रालि द्धारा निर्माण भैरहेको उक्त पुल २ बर्ष भित्रै पुरा गर्ने लक्ष्य राखिएको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको रिम्ना बजार नजिक मोटरयबल पुल बनी छिन्चु जाजरकोट डोल्पा सडक सुचारु भएका यस क्षेत्र झनै मुख्य ब्यापारिक केन्द्रको रुपमा बिकास हुने संभावना देखिन्छ । तुलसीपुरअनलाइनबाट साभार
Post a Comment