Headlines News :
Home » » रोल्पाको जिनाबाङमा आजदेखि नियमित बस संचालन

रोल्पाको जिनाबाङमा आजदेखि नियमित बस संचालन

Written By Unknown on Tuesday, March 29, 2016 | 5:07 AM


चैत १६, रोल्पा । रोल्पाको पशिचमी गाबिस जिनाबाङको सुखाओडारमा आजदेखि बस नियमित संचालनमा आएको छ ।


सडक फराकिलो बनाउने क्रममा बाटो बिग्रेकाले झन्डै ६ महिनाको अन्तरालपछी आज (मंगलबार) देखि नियमित बस संचालनमा आएको छ । नाकाबन्दीको कारण झन्डै ३ महिना सडक मर्मत रोकिएकाले बस दाङबाट सल्यान र रोल्पाको सिमाना झ्यामसम्म मात्रै जाने गरेको थियो ।



सडक फराकिलो भएकाले बस चल्नलाइ कुनै समस्या नभएको र आजदेखि नियमित बस संचालन हुने सल्यान रुकुम यातायात ब्यबसायी समितिका कर्मचारी टेकम चन्दले जानकारी दिए । तर बस चलेपनि सडक फराकिलो बनाउने काम भने निरन्तर चलिरहने उनको भनाइ थियो । यस अघि २ घण्टा पैदल हिडेर जिनाबाङबासिहरु पाथीहाल्ना र झ्याम बाध्य थिए । अहिले बस सुखाओडार पुगेपछि आफुहरुलाई धेरै राहत मिलेको स्थानिबासी बताउछन ।



झ्याम देखि सुखाओडारसम्म ६ लेनको सडक बनाउन सुरु गरिएसँगै ३ ओटासम्म बस छिर्न सक्ने ब्याबसायी लालबहादुर के.सी बताउछन । अहिले सोहि सडकमा खोलानालामा कल्बट बनाउने र सोलीङको काम पनि जारि रहेको स्थानीयबासी जीव राज चन्दले जानकारी दिए ।


अहिले बस दाङबाट कपुरकोट, श्रीनगर, मोख्ला, दमाचौर, रोल्पा झ्याम हुँदै जिनाबाङ सुखाओडार सम्म आजदेखि नियमित संचालन हुनेछा । २०७१ माघ १७ गते पहिलो पटक बस सुखाओडार पुगेको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger