|
|
चैत १६, काठमाडौं । इजिप्ट एयरको विमान अपहरण गर्ने अपहरणकारीको पहिचान गरिएको छ ।
जहाज अपहरणमा संलग्नको नाम इब्राहिम समाहा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी २७ वर्षीय उनी एलेक्जेन्ड्रिआ विश्वविद्यालयका प्रोफेसर रहेको बताइएको छ । उनी इजिप्टमै बस्दै आएका समाचारमा उल्लेख गरिएको छ ।

अपहरण गरपेछि उनले विमानलाई इस्तानबुल लैजान चाहेका थिए । तर, पाइलटले इन्धन कम भएको भन्दै अस्वीकार गरेपछी साइप्रसमा अवतरण गरिएको थियो । बिमान अपहरणकारीसँग उनको मागबारे अहिले बार्ता भैरहेको छ । उनले भाषामा समस्या भएपछि अनुवादकको पनि माग गरेको बताइएको छ ।
साइप्रस ब्रोडकास्टिङका अनुसार अपहरणकारीले पूर्वपत्नीलाई भेट्न पाउनु पर्ने माग गरेका छन् । उनले लेखेर दिएको एक चिठीलाई इजिप्ट एयरका पदाधिकारीले ती युवतीसम्म पुर्याउने कोशिस गरिरहेका छन् । तर उनी कुन् देशकी नागरिक हुन् भन्ने खुलिसकेको छैन ।
अपहरणपछि यो जहाज साइप्रसको लरनाका विमानस्थलमा अवतरण भएको छ । इजिप्ट एयरले अपहरणकारीसँग वार्ता शुरु गरेको छ । अहिलेसम्म चार विदेशीसहित ५६ यात्रीलाई मुक्त गरिसकिएको छ ।
Post a Comment