Headlines News :
Home » » दाङमा महिलामाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ, घटनाको चौतर्फी निन्दा

दाङमा महिलामाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ, घटनाको चौतर्फी निन्दा

Written By Unknown on Friday, March 11, 2016 | 11:54 PM


तुलसीपुर, २९-फागुन । एसीड आक्रमण गरेको अभियोगमा प्रहरीले दुई जना यूवालाई पक्राउ गरेको छ । विहीवार घोराही-२ गुलरीया निवासी ३२ वर्षीया रिता चौधरीमाथि एसीड आक्रमण गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख कुवरे कडायतले जानकारी दिए ।

पक्राउ परेका दुवै जना टिनयजर्स भएको जानकारी दिएपनि उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छ । एसपी कडायतका अनुसार पक्राउ पर्ने दुबै युवा घोराही –२ गुलरीया क्षेत्रकै रहेको जानकारी दिए । एसपी कडायतले मुख्य योजनाकार अर्काे एक जना व्यक्तिको खोजि भइरहेको जानारी दिए ।

उक्त व्यक्ति फरार रहेको र खोजि तिर्व पारिएको प्रहरीले बताएको छ । व्यक्तिगत रिसिविका कारण एसीड आक्रमण भएको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको प्रहरीले बताएको छ । जिल्लामा यो एसीड आक्रमणको पहिलो घटना हो ।

पक्राउ परेका विरुद्ध अनुसन्धान जारी रहेको र उनीहरुमाथि अभियोग प्रमाणित भएमा सार्वजनिक मुद्दा दायर गरेर कानुनी कारवाहीको प्रक्रिया सुरु हुने प्रहरीले बताएको छ ।

विहीवार साँझ ७ बजेतिर चौधरीको किराना पसलमा हातमा पंजा अनि अनुहारमा मास्क लगाएर मोटरसाईकलमा आएका ती यूवा मध्य एकजनाले चुरोट र दालमोट किनेको केही वेरमा सिरिञ्जको प्रयोग गरि चौधरीमाथि एसीड प्रहार गरेको प्रहरीले बताएको छ ।

एसीड आक्रमण बाट चौधरीको दाहिने कान र गालामा ठूलो घाउ बनेको छ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको प्रारम्भिक उपचारपछि घाईते चौधरीलाई विहीवार नै बाँकेको कोहरपुरमा रेफर गरिएको थियो । उनको आज गालाको सल्यक्रिया हुने जानकरी आँफूले पाएको एसपी कडायतले बताए ।

शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकी एसीड आक्रमणवाट घाईते चौधरीको स्वाथ्यमा क्रमिण सुधार आउँदै अवस्था सामान्य वन्दै गएको बताइएको छ ।

एसीड आक्रमणको चौतर्फी विरोध
चौधरीमाथि एसीड आक्रमण भएपछि त्यसको चौतर्फ विरोध सुरु भएको छ । एक दर्जन वढी अधिकारकर्मीहरुले संयुक्त विज्ञप्ति प्रकासित गर्दै घटनाको निन्दा एवं दोषीलाई कारवाहीको माग गरेका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखा, कानुन व्यवसायी र विभिन्न अधिकारकर्मीहरुले घटनाको निन्दा गरेका छन् ।

घोराही निवासी चौधरीमाथि भएको एसीड आक्रमण र दाङ हाँसीपुर गाविस १ रुपाकोटकी ६२ वर्षीय वृद्धा तुमसरा सुनारलाई प्यारालाइसिसको उपचारको बहानामा शरिरमा तातोपानी खन्याई घाइते बनाइएको घटना प्रति उनीहरुले निन्दा गर्दै घाईतेका उपचार, क्षतिपूर्ती एवं पिडकलाई कानुनी कारवाही गर्न माग गरेका छन् ।

यसरी विज्ञप्ति जारीगर्नेहरुमा मानव अधिकार संजालका जिल्ला संयोजक केशव कुमार शर्मा , नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी , नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतम ,महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य लक्ष्मी आचार्य, इन्सेक जिल्ला प्रतिनिधी जे.एन.सागर, जिल्ला बार इकाई अध्यक्ष भुपबहादुर केसी , हरप्लेस दाङका विनोद केसी, ओरेक जिल्ला संयोजक लक्ष्मी अर्याल र सक्षम महिला सामुदायिक संस्था रचना सुवेदी रहेका छन् ।

यसैबीच चौधरीमाथि भएको एसीड प्रहारको विरोधमा घोराहीमा विरोध -यालि निकालिएको छ । घोराही –२ स्थित दिप शिखा उच्चमाविका विद्यार्थी र शिक्षकले घटनाको विरोधमा -यालि निकालेका हुन । उक्त -यालिले घोराही बजारको विभिन्न भागको परिक्रर्मा पछि तुलसीपुर चोकमा पुगेर कोणसभामा परिनत भएको थियो । -तुलसीपुरअनलाइनबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger