Headlines News :
Home » » दाङमा प्यारालाईसीस निको पार्ने भन्दै धामीले तातोपानी एक महिलाको शरिरमा खन्याएपछी...

दाङमा प्यारालाईसीस निको पार्ने भन्दै धामीले तातोपानी एक महिलाको शरिरमा खन्याएपछी...

Written By Unknown on Tuesday, March 8, 2016 | 8:55 PM


घोराही, २६-फागुन । अन्तराष्ट्रिय नारी दिवस मनाईरहदा दाङ राप्ती उपक्षेत्रिय अस्पताल घोराहीको इमरजेन्सी कक्षमा ६० बर्षिया बृद्ध थुमसरा विक छटपटाई रहेकी थिईन ।

दिवस मनाईरहदा हाँसीपुर गाबिस १ रुपाकोट निबासी ६० बर्षिया बिक तातो पानी खन्याएर गम्भिर घाईते भएको अबस्थामा अस्पतालको बेडमा थिईन । शरिर भरी फोका र सबै छाला गएको अबस्थामा । शरिरको दाईने हर नचल्ने (प्यारालाईसिस) भएका बिकलाई आफूलाई धामी बताउने कमल क्षेत्रीले निको पार्ने भन्दै तातो पानी खन्याउदा शरिरै जलेको छ ।

रुपकोट घर भएपनि गतबर्ष देखी छोरीको घर लालमटिया ७ बराहखुटीमा बस्दै आएका बिकलाई छोरी दमन्ताले फागुन १० गते उपचारका लागि भन्दै कोइलाबास झाँक्री कहाँ लगेकी थिईन । २० बर्ष देखी दाईने भाग नचल्ने भएका कारण उपचार हुन्छ भन्ने थाहा पाएपछि आमालाई कोइलाबास क्षेत्री समक्ष लगेको दमन्ताले बताईन । १५ र १६ गते थुकसराको शरिरमा धामी भनिने क्षेत्रले तातो पानी खन्याएपछि गम्भिर घाईते भईन ।

धामीले भन्दै गए ८-१० दिनमा निको हुन्छ भनेपछि आफुहरुले आमालाई त्यही राखेको बताए । तर निको नभए पछि मंगलबार मात्रै थुमसरालाई उपचारका लागि घोराही ल्याइएको छ । तर उपचार घोराहीमा असम्भब रहेको डा. कमल कार्कीले बताए ।

यसैविच पिडित पक्षले उक्त घटना पछि प्रहरीले उजुरी लिन नमानेको बताएका छन् । सोमबार भालुबाङ प्रहरीले गढवामा पठाएर र त्यहाँ मंगलबार उजुरी दर्ता गर्न नमानेको छोरी दमन्ताले बताईन् । तर यता दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले धामी भनिने क्षेत्रीलाई नियन्त्रणमा लिईसकेको बताए ।

घटनाका बारेमा अनुसन्धान हुने र दोषीलाई कार्वाही गर्ने उनले बताए । ति धामी भनिने क्षेत्रीको घर नेपालगञ्ज भएको भनिए पनि एकीन भएको छैन । उनि नेपाल प्रहरीका पूर्ब प्रहरी सहायक निरीक्षक भएको पनि खुल्न आएको छ ।

यसैविच पिडित परिवारले आर्थीक अबस्था कमजोर भएको भन्दै उपचार गर्न बाहिर लग्न नसक्ने बताएको छ । घटना भएको करिब १० दिन सम्म पनि कुराहरु बाहिर आउन नसक्दा र धामी झाँक्रिकै भरपर्दा घाईतेको अबस्था गम्भिर बनेको छ । -तुलसीपुरअनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger